विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण सुरु - Sainokhabar
  • मङ्गलबार, बैशाख २८, २०७८

विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण सुरु

बुद्ध माविका विद्यार्थी परीक्षणमा सहभागी हुने क्रममा ।

साइनो समचारदाता
पथरी । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमी भक्तपुरले विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण सुरु गरेको छ ।
विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण ले पहिलो पटक मनाङ् र मुस्ताङ जिल्ला बाहेक ७५ जिल्लामा परीक्षण सुरु गरेको हो । कक्षा १० मा विज्ञान, गणित, अङ्ग्रेजी र नेपाली विषयमा नमुना छनोटको आधारमा १८ हजार विद्यालयहरुमा परीक्षण कार्य सञ्चालन भइरहेको छ । चार विषयमा ४८ हजार विद्यार्थीहरुले माघ २७ गतेसम्म परीक्षणमा सामेल हुदैछ । चार विषय मध्ये विद्यार्थीले नेपाली र अङ्ग्रेजी वा विज्ञान र गणित विषय राखेर पाँच सेट परीक्षण पुस्तिका तयार गरिएको छ । परीक्षण पुस्तिकामा बस्तुगत र विषयगत प्रश्नहरु करिब ५०÷५० प्रतिशतको भारमा २ घण्टा समयमा विद्यार्थीले उत्तर लेख्नु पर्नेछ । विद्यार्थीको अलबा विषय शिक्षकको पृष्ठभूमि प्रश्नावली र प्रधानाध्यापकको पृष्ठमूमि प्रश्नावली भर्नु पर्ने नमुना छनोट भएको विद्यालय बुद्ध माध्यमिक विद्यालय पथरीशनिश्चरे मोरङका प्रधानाध्यापक बोधराज सिक्देलले जनाएका छन् ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमी भक्तपुरका महानिर्देशक कृष्णप्रसाद काप्रीका अनुसार देशभरिका विद्यालयहरुको प्रतिनिधित्व हुने नुमना छनोट गरी विद्यार्थीले हासिल गरेका सक्षमताहरुको परीक्षण गरी उनीहरुको सिकाइको स्तर सुधारकालागि पृष्ठपोषण प्रदान गर्ने उद्देश्यले परीक्षण थालिएको हो ।
राखिएको छन् ।

सम्बन्धित खवर