प्रदेश सभा अगाडि प्रदर्शन - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

प्रदेश सभा अगाडि प्रदर्शन


साइनो समचारदाता
विराटनगर । प्रदेश १ को हिउँदे अधिबेशन शुरु भए लगत्तै प्रदेश सभा विराटनर अगाडि प्रदर्शन गरिएको छ । प्रदर्शन हुनेभएपछि सुरक्षा व्यवस्था कडा गरिएको थियो ।अधिबेशन तीन दिनसम्म चल्नेछ ।


आइतबार देखि सुरु हिउदे अधिबेशनले प्रदेशको नाम र राजधानी तोक्ने चर्चा चुलिएसँगै प्रदर्श सुरु भएको छ । संघीय लोकतान्त्रिक मञ्चले आगुवाईमा प्रदर्शन गरिएको हो । प्रदर्शनमा संघीय दलित सिल्पी मञ्च, किरात याक्थुङ चुम्लुङ, प्रदेश समिति, नेफिन किरात लिम्बुवान समन्वय परिषद्, लिवि मञ्चले ऐक्बिद्धता जाहेर गरेका थिए । पटक पटक प्रदेशको नाम र राजधानीका बिषयमा बिवाद सिर्जना हुँदै आएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले आइतबार विहान प्रत्रकार सम्मेलन गर्दै प्रदेशको नाम र राजधानीको विषयमा कसैको निर्देशन र दबाबले नहुने धारणा ब्यत्त गरेका छन ।
हिउँदे अविधेशन यस अघि नै प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले आब्हान गरिसकेका थिए । प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले राजधानीको नाम र राजधानीको विषय टुँगो लगाउने तयारी भइरहेको जानकारी दिएका छन । सत्तारुढ दलले सहमतिको आधारमा टुङ्गो लगाउने प्रयत्न गर्ने बताएको छ ।

लिम्बुवान र किरात खम्बुवान राख्न माग


संघीय लोकतान्त्रिक लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले प्रदेश १ को नाम लिम्बुवान र किकारन खम्बुवान राख्नुपर्ने बताएका छन् । उनले प्रदेश १ को नामाकरण पहिचान विरोधी सगरमाथा वा कोशी राखिए देशमा ठूलो शसस्त्र जनयुद्द हुने चेतावनी दिएका छन् । अध्यक्ष लिङ्देन भने ‘एक नम्वर प्रदेशको नामाकरण राई र लिम्बुको घाँटी काट्ने गरि कोशी सगरमाथा राखिए त्यस्ता सांसदलाई सदनबाट थुतेर सडक मा ल्याएर बन्चरोले टाउको फोर्छौ । अबको शिल्पी शिल्पी छैन हिजो हामीले दलित भनेर हेप्यौ अव त्यो दलित छैन, हिजो लिम्बुवान र किरात खम्बुवान त्यसै गरि मधेशी बिचमा फुट ल्याउन षड्यन्त्र गरेका थियौ तर आज हामि एउटा ब्यानरमा आयौ अव तिमि के गर्छौं ?’ उनले प्रश्न गर्दै अध्यक्ष विङदेनले भने, ‘उत्पीडित समुदायहरुले तिम्रो षड्यन्त्र बुझी सकेका छन् तसर्थ अव तिम्रो जालझेल पूर्ण गेम बन्द गरे हुन्छ ।’

सम्बन्धित खवर