प्रदेश नम्बर १ को हिउँदे अबिधेशन सुरु - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

प्रदेश नम्बर १ को हिउँदे अबिधेशन सुरु

साइनो समचारदाता
विराटनगर । आइतबारदेखि शुरु हुने प्रदेश १ संसदको हिउँदे अधिवेशन शुरु भएको छ ।
मूख्य मन्त्री शेरधन राईका अनुसार मुख्य एजेण्डा प्रदेशको नामाकरण र प्रदेश राजधानी हुदैछ । संसद शुरु हुनुअघि बिहान करिब ११ बजे मुख्य मन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम गर्दै मुख्यमन्त्री राईले यो कुराको जानकारी दिएका हुन् । उनले पत्रकार भेटघाट कार्यक्रममा हिउँदे अधिवेशनमा संसदमा प्रवेश पाउने बिषयहरुबारे प्रष्ट्याएका थिए । ‘प्रदेशको नाम के रहने र स्थायी राजधानी कहाँ हुने हो भन्ने सबैको चासो छ, विगतको अधिवेशनबाट यो बिषय टुंगो लाग्न सकेन । त्यसैले पनि यो अधिवेशनमा मुख्य मुद्दा बनाइनेछ,’मुख्यमन्त्री राईले भने ।

उनले नामकरण र राजधानीको बिषयलाइ सहमतिबाटै टुंग्याउन पहल भइरहेको पनि बताए । मुख्यमन्त्री राईको भनाई छ ‘नाम र राजधानीबारे सहमति जुट्न नसके सर्वभौम संसदलाई अधिकार छ।’
प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले अधिवेशनको आह्वान गरिसकेका छन् । हिउँदे अधिवेशनले संसदबाट पारित हुने विधेयक र समिति सभापतिको विषय पनि टुंगो लगाउने छ ।

सम्बन्धित खवर