सम्भावित मिस धिमालहरुले परम्परागत परिकार बनाए (आकर्षक फोटा सहित) - Sainokhabar
  • आइतबार, बैशाख २६, २०७८

सम्भावित मिस धिमालहरुले परम्परागत परिकार बनाए (आकर्षक फोटा सहित)


साइनो समचारदाता
उर्लाबारी । मिस धिमाल २०१९ को ११ औँ दिनको बन्द सत्रमा मौलिक परम्परागत परिकार बनाएर खुवाइएका छन् ।
परिकार कसरी बनाइन्छ, बनाउने तरिकाहरु सहभागी २१ जनालाई सिकाइएको थियो । परिकारमा चामलको पिठोद्वारा बनाइएको बगिया, घोँगी, मासुलगायतका परिकारहरु आन्त्रित एक सय भन्दा बढी अतिथितिहरुलाई आफै पकाएर खुवाएका थिए । यसै बिच धिमालको इतिहास, संस्कार र संकृतिलगायत विषयमा डाक्टर सोम बहादुर धिमालले प्रशिक्षण दिएका थिए । प्रशिक्षणको दौरानमा धिमाल समुदायसंग सम्बन्धित विभिन्न प्रश्न उत्तर भएको थियो । धिमाल युवतीहरुको प्रतिभा प्रष्फुटन तथा क्षमता अभिबृद्धि संगै आफ्नो जातिभित्रको हरेक गतिबिधि जान्न जरुरी रहेको कार्यक्रम आयोजकका संयोजक सुनिल धिमालले जानकारी दिए । मिस धिमाल विजेताले नगद १ लाख लगायत अन्य पुरस्काहरु, फस्ट रनरअपले ५० हजार नगद लगायत अन्य पुरस्काहरु, सेकेण्ड रनरअपले ३५ हजार नगद लगायत अन्य पुरस्काहरु रहेको जानकारी गराए । प्रतियोगिता सम्पन्न गर्न करिब २० लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । मिस धिमालको फिनाले मोरङको उर्लाबारी नगरपालिका स्थित फागुन ७ गते हुने समेत जानकारी दिए । तस्वीर मिस धिमाल

 

सम्बन्धित खवर