कविताः ‘सातो र सत्ता’ - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

कविताः ‘सातो र सत्ता’

अमित याक्थुङ्बा

मान्छेभन्दा
लाटो भएको छ
उसले टेक्ने आफ्नै माटो ।

अब,
एकुसाङ्बेमा बसेर
गुरु जगाऔँ सबैले ।

अनि, अक्षता छर्दै
ठोकौँ काँसको थाल –


ठङ ठङ … ठङ
ठङ ठङ … ठङ

ठङ ठङ … ठङ
ठङ ठङ … ठङ


घामहरू आरिसे नै थिए
उहिल्यै देखिन
देवताहरू पनि ईष्र्यालु थिए
पहिल्यै देखिन्
सत्ताजस्तै वरिपरि डुल्थे पिशाचहरू !
सहरमाझैँ फन्फनी घुम्थे प्रेतहरू !
यी खराब वायुहरू मन्साउन
अब,
साहसको आङ बाँधेर निस्कौँ,
विचारको नल्लेक तिखारेर आऔँ
चेतनाको वसाङ पहिरेर नाचौँ

अनि, ठोकौँ फेरि –

ठङ ठङ … ठङ
ठङ ठङ … ठङ

ठङ ठङ … ठङ
ठङ ठङ … ठङ

मान्छेभन्दा
लाटो भएको छ
उसले टेक्ने आफ्नै माटो ।

अब –
सत्ताको आँखा फोडेर
फर्काऔँ माटोको सातो !

११:११
०२/०२/१९

बेलायत ।

सम्बन्धित खवर