‘धृतरास्ट्र’ राजन मुकारुङ - Sainokhabar
  • सोमबार, बैशाख २७, २०७८

‘धृतरास्ट्र’ राजन मुकारुङ


एभलेट फुङ

मदन पुरस्कार बिजेता राजन मुकारुङले देश सुब्बालाई खिसिट्युरी गर्दै’ स्वघोसित दार्शनिक’ हुन् भनेर प्याच्च लेखिदिए । यसको मतलब या त राजन मुकारुङ देश सुब्बाको भयवादी दर्शनको बढदो चर्चादेखि त्रसित छन् । कि नभए राजन मुकारुङको बुद्धिमा अलिक आलोकाचोपना छ ।
न्युटन र लेईब्निजमा गणितको सुत्रको बारेमा बिवाद भयो । तर न युटनले लेईब्निज लाई खिसिट्युरी गरे । नक्की महान गणितिज्ञ लेईब्निजले न्युटनको खिसिट्युरी नै गरे । किनकि बौद्धिकताको एउटा उम्दा सुन्दर पक्ष भनेको नै , सबै प्रकारका बिचारहरु लाई फुल्न ( फुल्नु दिनु हो । ती बिचारहरु र बिचारकहरु लाई ईज्जत् दिनु हो । जस्तो न्युटन र लेईब्निज बिचमा मतभेद हुँदा हुँदै पनि उन्निहरुले एक अर्का लाई खिसिट्युरी गरेनन् । तर राजन मुकारुङ धारेहात लगाउँदै देश सुब्बलाई ‘खिसिट्युरी’ गर्दै स्वघोशीत दार्शनिक’ भने ।
राजन मुकारुङहरुले सृजनसिल अराजकता भन्ने अभियानको शुरुआत गरे । उत्पीडित जातिहरुको हकमा साहित्यमार्फत् कलम चलाए । तर त्यो भन्दा अगाडि नै, देश सुब्बाले पहिचानका मुद्दाहरु साहित्य मार्फत् उठाईसकेका थिए । फरक यति होकि, राजन मुकारुङ्हरुले सङ्गठित रूपमा पहिचानका मुद्दाहरु लाई उठाए । तर देश सुब्बाले चै , एक्लै । अन्नि कसरी चै, देश सुब्बाले पहिचानसम्बद्ध साहित्यहरु लेखेनन भन्नू ? कसरी चै, देश सुब्बाको बिचारहरु राजन मुकारुङमा ट्रान्सफर भएन भन्नू ? त्यसो त पहिचान सम्बद्ध साहित्यहरुको ईतिहास अध्यन नगरे पश्चात् राजन मुकारुङ भित्री म नै, पहिचान सम्बद्ध साहित्यको ‘फिरोन’ हुँ । पहिचान सम्बद्ध साहित्यको लुई चौधौं पनि म नै हुँ भन्ने भावना जाग्नु स्वाभाविकै हो ।
देश सुब्बाले अपतन भन्ने कृति लेखेका छन् । यो उन्को सङ्ग्रह पढने हो भने राजन मुकारुङले पहिचानको सन्दर्भमा लेख्नु भन्दा पहिले नै देश सुब्बाले समाजमा, राजनीतिमा, राज्यमा र संस्कृतिमा बाहुनवादीहरुले उत्पीडित जातिहरु माथी कस्तो प्रकारले उत्पीडन गरिरहेका छन् ? आफ्नो बर्चस्व बाहुनवादीहरुले राज्य र समाजमा कसरी कायम गर्दै आईरहेका छन् ? र , त्यसको विरुद्धमा उत्पीडित जातिहरुले कसरी प्रतिरोधात्मक चेतनाको बिकास गर्दै आईरहेका छन् ? कम्युनिस्टको नाउँमा उत्पीडित समुदायहरुले कसरी आफनै पहिचानहरु माथी लात हान्दैछ्न ? भन्ने कुरोहरुको सबिस्तार वर्णन गरेका छन् । र , म यो ठोकुवा सहित भन्छु देश सुब्बाको यो कृति प्रत्येक उत्पीडित जातिहरुले अध्यन गर्नुपर्छ । र मात्रै , उत्पीडित जातिहरु जाग्छन । तर राजन मुकारुङ यतिबेला ‘धृतरास्ट्र’ बनेका छन् । त्यहीँ भएर राजन मुकारुङले देश सुब्बाले पहिचानको सन्दर्भमा के कति योगदान दिए ? भन्ने सत्य कुरो कहिँले पनि देख्दैनन् ।
अर्को कुरो जहाँ सम्म दर्शनको प्रश्न छ । देश सुब्बाले भयवाद भन्ने नयाँ दर्शन ल्याएकै हुन् । अहिलेसम्म मैले भयवाद भन्ने दर्शन यो मानवजातिको समाजमा स्थापित भएको वा त्यसको सन्दर्भमा लेखिएका र बोलिएका कहिँ कतै सुनेको छैन । देश सुब्बाको भयवादी दर्शनले भन्छ (हामी सबै जिवित प्राणिहरु भयमा बाँचेका छौ । र, यो हो पनि । किनकि कसैलाई मृत्युको भय । कसैलाई जागिर चट हुन्छ भन्ने भय । कसैले मार्छ कि भन्ने भय । कसैलाई ईज्जत् जान्छ कि भन्ने भय । कसैलाई ब्यापार चौपट्टै हुन्छ कि भन्ने भय । वास्तवमा सिग्मन्ड फ्रायडले जसरी मनोबैज्ञानिक बिचार ल्याए । आज देश सुब्बाले त्यसरी नै, भयवादी दर्शन ल्याए । देश सुब्बाको उक्त भयवादी दर्शन अहिले दार्श्निक शोफेनहावारले भने जस्तै ३ चरणहरु बाट गुज्रीन्दैछ । त्यहीँ भएर उन्ले भयवादी दर्शनको सन्दर्भमा अमेरिकी बिश्वबिद्धालयमा, मस्को बिश्वबिद्धालयमा र आसामका बिश्वबिद्धालयमा प्रबचनहरु दिदैछ्न । उन्को प्रबचनहरु प्राध्यापक र बिश्वबिद्धालयमा अध्यन गर्ने बिद्यार्थीहरुले सुन्दैछ्न । अमेरिकी पुरस्कार बाट पुरस्कृत भएका छन् । यदि यो दर्शन दुनियाँमा प्रयोग भईसकेको वा स्थापित भईसकेको हुन्थ्यो भने देश सुब्बाको प्रबचन सुन्न निश्चितरूपमा कोहि पनि आउँदैन थे । तर ‘धृतरास्ट्र’ भईसकेका राजन मुकारुङले यस्तो कुरो देख्दैन ।

सम्बन्धित खवर