ट्रिफरले ज्यान लिएपछि सर्वसाधारण आक्रोशित - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

ट्रिफरले ज्यान लिएपछि सर्वसाधारण आक्रोशित


साइनो समचारदाता
विराटचोक । ना. ३३ ख. ३३५५ नम्बरको ट्रिपरले सुन्दरहरैचा नगरपालिका ११ सिसौघारीकी स्थानीय ११ बर्षीया बालिका लक्ष्मी ढकालको घटनास्थलमै मृत्यु भएपछि सर्वसाधारण आक्रोशित भएका छन् । ट्रिपर विराटनगरका गोपाल शाहको रहेको खुलेको छ । ठक्कर दिई भागेको ट्रिपर आफै अनियन्त्रित भई रुखमा ठोक्किएको थियो । स्थानीयले ठक्कर दिने ना. ३३ ख. ३३५५ नम्बरको ट्रिफर, क्रसर व्यवसायी भिम पौडेलको एउटा हाइवा, केराबारी गाउँपालिकाका गोपाल कार्कीको २ वटा ट्रिपर जलाएका छन् । गोपाल केराबारी गाउँपालिका अध्यक्ष रोहित कार्कीका भाइ हुन् ।
आक्रोसित सर्व साधारणले प्रहरीकै सामुन्नेमा ट्रिपरहरु जलाएका थिए । स्थिति असामान्य भएपछि प्रसासनले सुन्दरहरैँचा स्थित विराटचौकमा कर्फूयु आदेश जारी गरेको छ । जिल्ला प्रसासन कार्यालय मोरङले ११ः१५ बजेदेखि अनिश्चितकालिन कर्फयु आदेश जारी गरेको हो । दक्षिणमा बेलेपुर, उत्तरमा विराटचौक, पश्चिममा वुधबारे र पूर्वमा सुकुना क्याम्पससम्मको क्षेत्रमा प्रसासनले कर्फ्यु आदेश जारी गरेको हो । आक्रोसित स्थानीयको ठूलो संख्यामा सडकमा उत्रिएपछि प्रहरी प्रसासन भिड सामु निरिह बनेको छ । अहिले स्थानीयले वालिकाको शव पनि घटनास्थलमै राखेर नारा जुलुस गरिरहेका छन् । राजमार्ग क्षेत्रमा रहेका प्रहरी कार्यालय, प्रदेश प्रहरी, सशस्त्र प्रहरी बलबाट ठूलो संख्यामा प्रहरी परिचालन भएका छन् ।

सम्बन्धित खवर