स्याउ स्याउ किरा परेका बिरामीलाई शर्माको साथ - Sainokhabar
  • शनिबार, फागुन १५, २०७७

स्याउ स्याउ किरा परेका बिरामीलाई शर्माको साथ

साइनो समचारदाता
पथरी । मोरङको पथरीशनिश्चरे वडा नं ६ का चन्द्र राईको सानैमा आमा बित्यो । केहि समय अगाडि बाबु बिते शरिरमा जोस र जागर भइन्जेल घर बाहिरै जीवन बित्यो, रक्सी खाने बानीले दुई छोरी र श्रीमतीले छोडे । जब बिरामी परे अनि घरको याद आयो ।
‘२० बर्ष कमाएको पैसा खोई’ भन्दै श्रीमतीले खोजिन् । बिरामी परेपछि घर परिवार चाहियो भन्दै श्रीमती घर छोडेर गइन् । आर्थिक कारणले उपचार गर्न नसकेको बखत डाक्टर सुनिल शर्मा आए । आफ्नो वडामा यस्तो बिरामी छ भन्ने थाहा पाएर वडा अध्यक्ष जय बहादुर तामाङले खवर गरे पछि शर्मा आफै एम्बुलेन्स लिएर बिरामी लिन आए । तर बिडम्बना परिवारको एक्लो सन्तान आमा बाबा पछिको सहारा २ छोरी र श्रीमतीले छोडे पछि बिरामी कुरुवा समेत पाउन गाह्रो भो शर्मालाई । तर शर्माले ५ महिना देखि ओछ्यानमा थला परेका चन्द्र राई नलाने कुरै भएन । हजारै बिरामी निःशुल्क उपचार गरेका शर्माले कुरुवाको समेत खर्च म बिहोर्छु भने पछि छिमेकी एक युवाको साथ पाए शर्माले । कानदेखि मुनिको भागमा महिना अगाडि देखि स्याउ स्याउ किरा परेर प्वाल परेको छ । टाउको घुमाउन हुदैन छुदा दुख्छ पिप संगै किरा झर्छ । दुखाई सहन नसके पछि रक्सी खाने राई अब आफ्नो मृत्यू कुरि रहेका थिए । बा आमा मरेको ठाउमै मर्छु पैसा छैन भनेर आश मारेका राई एम्बुलेन्स घरमै आए पछि अहिले बिराटनगर स्थित सुनिल शर्माको नोवेल मेडिकल कलेजमा उनको उपचार भैरहेको छ । सुनिल शर्माको साथ पाएका राई एम्बुलेन्स चढेसंगै नयाँ जिन्दगी पाउने आशामा छन् ।

 

 

 

सम्बन्धित खवर