दशौं प्याब्सन स्पोर्टस् मिटमा सुन्दरहरैचाको बालसदन अग्रस्थानमा - Sainokhabar
  • शुक्रबार, असोज ०८, २०७८

दशौं प्याब्सन स्पोर्टस् मिटमा सुन्दरहरैचाको बालसदन अग्रस्थानमा

गोपाल काफ्ले पथरी / निजि तथा आवासीय बिद्यालय संगठन प्याव्सन मोरङले मंगलबार देखि जारी दशौं प्याब्सन स्पोर्टस् मिटको दोस्रो चरणको खेल सकिदा सुन्दर हरैचाको बाल सदन एकेडेमि अगाडी रहेको छ ।
१० बिधाको खेल सकिदा २ स्वर्ण १ कास्य र १ रजत सहित बालसदन एकेडेमिले सुन्दरहरैचा अग्रस्थानमा छ भने भृकुटी मोडल एकेडेमि र ब्राइट फ्यूचरले २÷२ स्वर्ण सहित दोस्रो स्थानमा रहेका छन । त्यस्तै पुर्वाञ्चल एकेडेमिले २ रजत १ कास्य, युनिक एकेडेमिले १ कास्य १ रजत, शिदार्थ सेकेण्डरीले १ रजत, शिक्षा सदनले १ रजत, गोदावारी बिद्या मन्दिरले ३ कास्य, मुनाल आदर्स बिद्या सदनले १ रजत, जुपिटर स्कुलले १ रजत पदक प्राप्त गर्न सफल भएका छन् ।


हाई जम छात्र तर्फ भृकुटी मोडल एकेटेमी उर्लाबारीका विशाल भट्टराई प्रथम , युनिक एकेडेमी बुढिगंगाका रन्जित खवास दोस्रो र बाल सदन सुन्दरहरैचाका अब्राम प्रदान तृतिय भए ।
हाई जम छात्रा तर्फ कन्चन कार्की बालसदन सुन्दरहरैचा प्रथम, पुस्पा सरदार पुर्वाञ्चल एकेडेमी सुन्दरहरैचा दोस्रो, र पुजन राई गोदावरी बिध्यामन्दिर बेलबारी तृतिय भईन ।
प्याब्सन स्पोर्टस् मिटमा बुधबार दोस्रो चरणका खेल हुदैछन जस्मा छात्र र छात्रातर्फ ८ सय मिटरमा सम्पन्न भएको छ । ८ सय मिटर दैडमा छात्रा तर्फ प्रथम शोभा कार्की ब्राईट फ्युचर मृगैलिया, दोस्रो सिमा चौधरी जुपिटार सुनदरहरैचा र तृतिय ईशा घिमिरे पुर्वाञ्चल एकेडेमी सुन्दरहरैचा भए भने छात्र तर्फ अनमोल राई शिदार्थ बोडिङ स्कुल खोर्साने, दोस्रो सोर याक्खा सिहदेवि बेलबारी र तृतिय आदेश राई गोदावरी बिध्या मन्दिर बेलबारी घोषित भए ।


मंगलवार ज्याभ्लिङ थ्रो खेलको छात्रा तर्फ ब्राइट फ्युचर स्कुलकी वर्ष माझि प्रथम भइन् त्यसैगरी लङ जम्प छात्र तर्फ भृकुटी मोडल एकेडेमिका योगेस यादव र छात्रा तर्फ बाल सदन एकेडेमिकी अमिशा चौधरी प्रथम भईन ।
प्रतियोगितामा दौड, रिले दौड, लङजम्प, हाईजम्प,त्रिफल जम्प, सर्टपुट ज्याभ्लिङ थ्रो तथा भलिभलको खेलहरु समावेश गरिएको प्याब्सन मोरङले जनाएको छ । खेल बेलबारी स्थित लक्ष्मीमार्गको लक्ष्मी खेल मैदानमा तिन दिन सम्म सञ्चालन हुने छ ।
मंगलवार पहिलो चरणका खेलहरुमा प्रतिस्पर्दा भएको थियो जस्मा एक सय मिटर, दुई सय मिटर, चार सय मिटर र आठ सय मिटरका दौडहरु हुनुका साथै लङ जम्प, ज्याब्लीङ थ्रो, भलिवल लगायतका प्रतियोगिताहरु भएका थिए ।
जिल्ला भरका ८४ वटा निजी विद्यालयहरु सामेल रहेको उक्त स्पोर्टस् मिटमा हजार भन्दा बढि बिद्यार्थीहरु सहभागी रहेका छन् ।
प्रतियोगीताको प्रथम दोस्रो र तेस्रो बिजेतालाई प्रमाणपत्र र मेडल प्रदान गरीएको छ । मंगलबार देखि शुरु भएको प्रतियोगिताको प्रदेश नम्वर १ का प्रदेश प्रमुख प्रा.डा. गोविन्द बहादुर तुम्बाहाङ्ले पानसमा बत्ति बालेर प्याब्सन स्पोर्टस् मिटको उद्घाटन गर्नुभएको थियो ।

सम्बन्धित खवर