पथरीमा द भ्वाइस अप नेपालको लाइभ म्युजिकल कन्सर्ट - Sainokhabar
  • बुधबार, फागुन १९, २०७७

पथरीमा द भ्वाइस अप नेपालको लाइभ म्युजिकल कन्सर्ट

साइनो समचारदाता

पथरी । पिस ल्याम्प इन्टरनेशनल प्राइभेट लिमिटेड काठमाडौले द भ्वाइस अप नेपाल लाइभ इन म्युजिकल कन्सर्ट गर्ने भएको छ ।
आयोजकले पथरी शनिश्चरेमा प्रेस मिटको आयोजना गरी माघ २५ गते कन्सर्ट गर्न लागेको बारे जानकारी गराएको हो । स्थानीय जाँतेमोडमा रहेको रंगशालामा हुने कन्सर्टमा द भ्वाइस अफ नेपालका विजेता सीडी विजय अधिकारी, फस्ट रनअफत्रय कुशल आचार्य, सप्तक दुदराज, श्रीजय थपलिया, टप ८ पर्न सफल सुरेश क्षेत्री, श्रेया राई, विवेक वाइवा, अनु शाक्यले मनोरञ्जन प्रदान गर्ने प्रालिका मेनेजिङ डाइरेक्टर अनुप लामाले जनाएका छन् । यो प्रालिको दोस्रो प्रस्तुति हो । प्रालिले माघ २१ गते धरानमा, माघ २३ गते विर्तामोडमा र माघ २६ गते केर्खामा सोही किसिमको लाइभ कन्सर्ट गर्दैछ । कन्सर्टमा करिब २० लाख खर्च हुने अनुमान आयोजकको रहेको छ ।

सम्बन्धित खवर