याङ्वरकको प्रथम अधिबेशन - Sainokhabar
  • बुधबार, फागुन १९, २०७७

याङ्वरकको प्रथम अधिबेशन


साइनो समचारदाता
पान्थर । सम्पुर्ण लिम्बू समुदायको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङ याङ्वरक गाउँपालिकाको पहिलो अधिबेशन सम्पन्न भएको छ ।
आइतबार सम्पन्न अधिबेशनले नरेश काम्बाङको अध्यक्षतामा १३ जना समिती रहेको कार्य समिति निर्वाचित गरेको छ । उपाध्यक्ष धनकुमार बेघा, सचिवमा सपना मेन्याङ्बो,सहसचिवमा सुमन योङ्हाङ, कोषाध्यक्षमा छत्र योङ्हाङ र सदस्यहरूमा श्याम बेघा, नरेन्द्र नुगो, रमला सिगु, खड्ग लक्सम, ज्ञानबहादुर योङ्हाङ, राजकुमारी लावती, काजिमान माबो र चन्द्र माङमु सदस्यमा निर्वा्चित भएका छन । अधिबेशन चुम्लुङकी केन्द्रीय सदस्य कमिता तुम्बापोको प्रमुख आतिथ्यतामा र जिल्ला सचिव सुरेन शिशिर केरुङ, पोर्चुगल महासचिव रुकमान केरुङ, लिम्बू साँस्कृतिक परिषदका केन्द्रीय सचिव बुद्दराज इङ्वाको उपस्तिथिमा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर