आज सेमिफाइनलको खेल जारी, राष्ट्रिय बुद्धिचालमा साडे पाँच अंकसहित कृष्ण र सुमन अगाडि - Sainokhabar
  • आइतबार, बैशाख २६, २०७८

आज सेमिफाइनलको खेल जारी, राष्ट्रिय बुद्धिचालमा साडे पाँच अंकसहित कृष्ण र सुमन अगाडि


साइनो समचारदाता
पथरी । ‘सहिद रत्नकुमार वान्तावा प्रथम राष्ट्रिय खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता—२०७५’को छैठौ राउण्ड सकिदा सुमन राई र कृष्ण थापा ५.५ अंकसहित शीर्ष स्थानमा पुगेका छन् ।
पथरीशनिश्चरे, मोरङमा जारी प्रतियोगिताको तेस्रो दिन तीन राउण्ड खेल भएको थियो । छैठौ राउण्डमा राई र थापाले बराबरी खेलेपछि दुवैजना प्रतियोगिताको उपाधिको दौडमा लम्किएका हुन् ।
बुद्धिचालको पूर्व नेपाल च्याम्पियनहरु बद्री नेपाली ५, सुरवीर लामा ५, नवीन तन्तुकार ४ अंक प्राप्त गरेका छन् । प्रतियोगितामा सहभागी मध्ये सवैभन्दा बढी (२०३८) रेटिङ प्राप्त खेलाडी रिजेन्द्र राजभण्डारीले ५ अंक ल्याएर उपाधिको दौडमा रहेका छन् । उनले पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपालीसँग बराबर खेलेर ५ अंक प्राप्त गरेका हुन् ।
त्यसैगरी सुरवीर लामा, प्रकाश नेपाल, सुमन लामा, सुश्रुत दाहाल, आशिस फुयल, ज्वाला लिम्बू ५÷५ अंक ल्याएर पुरस्कारको दावेदारी पेस गरिरहेको प्रतियोगिताको चिफ आरविटर (रेफ्रिी) विजय थापाले बताए ।
स्वीस लिग अन्तरर्गत नौ राउण्डसम्म सकिएपछि समापन हुने आयोजक फ्रेण्डसीप चेस क्लवका सहसचिव अर्जुन जम्नेली राईले बताए । प्रतियोगितामा देशभरबाट १३५ जना प्रतिष्पर्धी खेलिरहेका छन् ।
खेलमा पहिलो, दोस्रो, तेस्रो हुने खेलाडीलाई क्रमस नगद ५०, ४०, ३० हजार पुरस्कार प्रदान गरिने क्लवका अध्यक्ष अमिर राईले बताएका छन् । खेलमा १५ औं स्थानसम्म हुने र अन्य विभिन्न टाइटल गरी ३९ जनालाई नगदसहित पुरस्कारको व्यवस्था गरिएको खेल आयोजक समितिले जनाएको छ । भोलि सम्म जारी हुने प्रतियोगितामा आज सेमिफाइनल खेल भइरहेको छ ।

सम्बन्धित खवर