कला साहित्यको समिश्रित प्रचारात्मक अभियान - Sainokhabar
  • शनिबार, बैशाख २५, २०७८

कला साहित्यको समिश्रित प्रचारात्मक अभियान

साइनो समचारदाता
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका मातहतको कला साहित्य प्रवद्र्धन समितिको बैठकले माघ १८ गतेदेखि आफ्नो मासिक श्रृंखलावद्ध प्रचारात्मक सृजनशील अभियान थाल्ने भएको छ ।

समितिको वैठकले माघ १८ गते शुक्रवारे श्रृंखलाका रुपमा वडा नम्वर ३ को जनता माविमा कविता, गजल, गीत, नृत्य, नाटक र चित्रकलाको समिश्रित कार्यक्रम गरिने निर्णय गरेको सचिव रोहित पराईले जनाए । एभरेष्ट आर्ट फ्यूजन र तमु वौद्ध गुम्बाले अगाडि बढाएको ‘सृजना चौतारी’ कार्यक्रमलाई प्रवद्र्धन समितिमार्फत एकाकार गर्दै तिनवटै संस्थाको संयुक्त आयोजनामा मासिक श्रृंखला अघि बढाइने भएको हो । त्यसपछि प्रत्येक महिनाको श्रृंखलाका रुपमा हसन्दह, सोमवारे, किर्तिपुर र शनिश्चरेमा सोही प्रकारको समिश्रित कार्यक्रम हुनेछ । जसबाट सृजना क्षेत्रको महत्वका बारेमा प्रचार प्रसार गर्दै सर्जकहरुलाई प्रोत्साहित गर्दै प्रवद्र्धन कार्यक्रम अघि बढाइने समितिको योजना रहेको छ ।

सम्बन्धित खवर