बनमा कटुवाल निर्वाचित - Sainokhabar
  • बुधबार, कार्तिक १०, २०७८

बनमा कटुवाल निर्वाचित

साइनो समचारदाता
पथरी । डाँसमोरङ्गी सामुदायिक बन उपभोक्ता समूह (पथरीशनिश्चरे १०, मोरङ)को अध्यक्षमा पुनः जीवन कटुवाल निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न निर्वाचनमा कटुवालले पूर्व अध्यक्ष समेत रहेका रुद्रबहादुर दाहाललाई १६ मत अन्तरले पराजित गरी दोस्रो कार्य कालका लागि निर्वाचित भएका हुन् । कटुवालले १८८ मत र दहालले १७२ मत प्राप्त गरेका थिए । ४ जना प्रतिष्पर्धीमध्ये उपाध्यक्षमा १ सय २४ मत प्राप्त गरी जगत तिवारीले विजयी बने । कुल ४८३ मतदाता रहेको मा ३८० मत मात्र खसेको थियो । यस अघि पुष २८ गते सम्पन्न १७ औं वार्षिक साधारण सभाबाट सचिव पदमा दोश्रो पटक गीता खड्का सर्वसहमत् निर्वाचित बनिन् । त्यसैगरी, सहसचिवमा इन्द्रबहादुर कार्की र कोषाध्यक्षमा उपेन्द्र कटुवाल पनि सर्वसहमत निर्वाचित बनेका थिए । समितिको पदावधि ३ वर्षको हुनेछ ।

सम्बन्धित खवर