डाँसमोरङ्गी सामुदायिक वनमा पुनः कटुवाल - Sainokhabar
  • सोमबार, बैशाख २७, २०७८

डाँसमोरङ्गी सामुदायिक वनमा पुनः कटुवाल

गोपाल काफ्ले

पथरी/  मोरङको पथरीशनिश्चरे नगरपालिकामा रहेको डाँसमोरङ्गी सामुदायिक वनमा पुर्व अध्यक्ष जिवन कटुवाल विजयी भएका छन् ।
कुल ४८३ उपभोक्ता रहेको सो सामुदायिक वनमा ५ गते शनिपार भएको निर्वाचनमा ३८० जनाको मत खसेको थियो । कटुवालले उनका प्रतिद्धन्दी रुद्र बहादुर दाहाललाई १६ मतान्तरले पछि पारेका हुन । कटुवालले १८८ मत ल्याएका थिए भने उनका प्रतिद्वन्दि रुद्र बहादुर दाहालले १७२ मत ल्याएका थिए ।


कटुवाल पुनः दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वा्चित भएका छन् भने उपाध्यक्षमा जगत तिवारी निर्वाचित भएका छन । त्यस्तै सचिब गिता खड्का, सह सचिब इन्द्र बहादुर कार्की र कोषाध्यक्ष पदमा उपेन्द्र कटुवाल पनि सर्वसहमत निर्वा्िचत भएका छन् ।
उापध्यक्ष पदका अन्य ३ जना उम्मेरद्वारलाई पछि पार्दै जगत तिवारी विजयी भएका हुन । तिवारीले १२४ मत ल्याए भने उनका निकटम प्रतिद्धन्दी दिपक राईले ९७ अर्का प्रतिद्वन्द्वी जनक खड्काले ९० र दिपेन्द्र दहालले २४ मत प्राप्त गरेका थिए । भने यस अघि अघि पौष २८ गते सम्पन्न १७ औं वार्षिक साधारणसभाबाट सचिब, सह सचिब र कोषाध्यक्ष पद सर्वसहमत निर्वा्िचत भईसकेको थियो ।

सम्बन्धित खवर