जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधी सुकुनालाई - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधी सुकुनालाई

साइनो समचारदाता
पथरी ।नगर खेलकुद् विकास समिति पथरी शनिश्चरेले मोरङ जुनियर जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सुरु गरेकोे छ ।
पथरीशनिश्चरेको भागीरथ माविको खैल मैदानमा भएको प्रतियोगिताको नगर उपप्रमुख यमुना बिष्ट बास्तोलाले गर्नु भएको थियो ।

मोरङमा रहेका १० डोजाङ टिमले सहभागीता जनाएको प्रतियोगितामा १ सय ५० खेलाडिको सहभागिता रहेको थियो । २०–२५, २५–३०, ३०–३५, ३५–४० र ४०–४५ केजी तौल समूहमा भएको प्रतियोगितामा सुकुना डोजाङ तेक्वान्दो डोजाङ प्रथम, गछिया तेक्वान्दो डोजाङ दोस्रो र तिन पैनि तेक्वान्दो डोजाङ तृतिय भएका छन । प्रतियोगिताको उत्कृष्ठ पुरुष खेलाडी प्रकाश लिम्बु र उत्कृष्ठ महिला खेलाडी कविता गिरी घोषित भएका छन् । विजयी तथा उत्कृष्ट खेलाडीलाई कार्यक्रमकी प्रमुख अतिथी यमुना बिष्ट नगद, ट्रफि, मेडल तथा प्रमाण पत्र बितरण गर्नु भएको थियो ।

 

सम्बन्धित खवर