‘रातो गलबन्दी’ निर्माणमा - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

‘रातो गलबन्दी’ निर्माणमा


साइनो समचारदाता
उर्लाबारी । मनिषा फिल्मस् प्रालिको ब्यानरमा नेपाली चलचित्र ‘रातो गलबन्दी’ निर्माण हुने भएको छ ।
शनिबार निर्माण पक्षले उर्लाबारीमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्र ‘रातो गलबन्दी’ बारे जानकारी गराएको हो ।
करिव ९० लाखको लागतमा निर्माण हुन लागेको सो चलचित्र छायाँङ्कन पूर्वका रमणीय स्थलहरुमा हुने निर्माता हिमाल कडरियाले बताए । उनकाअनुसार चलचित्रको छाँयाङ्कन मोरङको पथरीस्थित भुटानी शरणार्थी शिविरबाट सुरु भएको छ । सो चलचित्रमा चर्चित नायिका केकी अधिकारी, बुद्धि तामाङ, रमेश बुढाथोकी, कोसिश क्षेत्री, अर्जुन गुरुङ, यज्ञबहादुर कटुवाल ‘चुप्पी डन’लगायतले अभिनय गर्नेछन् ।
प्रेमकथामा आधारित कथामा बन्ने फिल्ममा गाउँ शहरका परिवेशहरु उत्कृष्ठ शैलीमा समेटिने निर्देशक मनिष थापाले बताए ।
हिमाल कडरियाको कथामा बन्न लागेको उक्त फिल्मलाई सुमन योन्जनले छाँयाङ्कन गर्नेछन् ।

सम्बन्धित खवर