मृगौला पीडितलाई ७१ हजार सहयोग - Sainokhabar
  • मङ्गलबार, फागुन १८, २०७७

मृगौला पीडितलाई ७१ हजार सहयोग


साइनो समचारदाता
पथरी । मोरङको पथरीशनिश्चरे ३ का मृगौला पिडीत युवा शम्सेर बहादुर बराइली समीरको उपचारका लागि वडावासीले ७१ हजार बढी रकम आर्थिक सहयोग संकलन गरी हस्तान्तरण गरेका छन् ।
विपन्न परिवारका समीरको उपचारमा सहयोग पुर्याउनका लागि आज पथरी बजारमा सहयोग संकलन गरिएको थियो । त्यस अघि समेत संकलन भएको सहयोग गरी कुल ७१ हजार ३ सय ८३ रुपैयाँ समीरलाई हस्तान्तरण गरिएको छ । एक कार्यक्रमबीच ७ नम्वर वडा सदस्य काँशीहाङ राईको सहजिकरणमा पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राईले सो रकम हस्तान्तरण गर्नुभयो । वडाकी सामाजिक अभियन्ता कृष्णकुमारी विश्वकर्माको अगुवाईमा ७ नम्वर वडा सदस्य काँशीहाङ राई, कुमारी रोक्का, १ नम्वर वडा सदस्य इन्दिरा सुन्दास सहितले आर्थिक संकलन अभियान अघि बढाउनु भएको थियो । समीरको नोवेल अस्पताल विराटनगरमा निशुल्क डाइलोसिस भइरहेपनि औषधी किन्नका लागि आर्थिक समस्या भएपछि सहयोग जुटाइएको हो ।

सम्बन्धित खवर