आँखा परीक्षण - Sainokhabar
  • शनिबार, बैशाख २५, २०७८

आँखा परीक्षण

साइनो समचारदाता
पथरी । मोरङको पथरीशनिश्चरेमासवारी चालकहरुको सडकमै आखा परिक्षण गरिएको छ ।
दुर्घटना न्युनिकरण गर्ने उद्श्येका साथमा जिल्ला टा«फिक प्रहरी कार्यालय मोरङको आयोजना र गोल्छा आखा अस्पतालको प्रविधिक सहयोगमा पथरीमा निजी तथा सार्वजनिक सवारी चालकहरुको आखा परीक्षण गरिएको छ । दुर्घटना कम गराउन चालकहरुको आँखा परीक्षण गरिएको ट्राफिक प्रहरी पोष्ट पथरीका प्रमुख विनोद कुमार खतिवडाले बताए । आँखा परीक्षणले सवारीसाधन सुरक्षित राख्न र दुर्घटना वाट मानविय क्षति कम गर्न सकिने उनको भनाइ छ ।
ट्राफिक सचेतनाका लागि आँखा परीक्षण कार्यक्रम सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ । ट्राफिक प्रहरीले नै सवारी चालकको आँखा परीक्षण गर्ने कार्यक्रम राखेपछि सवारी चालक खुसी व्यक्त गरेका छन् । सो कार्यक्रममा स्थानीय भुल्के मोरङ यातायात प्रालिका अध्यक्ष पूर्ण बहादुर कार्कीले समेत सहयोग गरेका छन् ।

सम्बन्धित खवर