माघे सक्रान्ति(कक्फेक्वा तङनाम) र किरात यले सम्बत् धुमधाम मनाइयो - Sainokhabar
  • आइतबार, असोज १०, २०७८

माघे सक्रान्ति(कक्फेक्वा तङनाम) र किरात यले सम्बत् धुमधाम मनाइयो

साइनो समचारदाता

पथरी । नेपालका सम्पूर्ण आदिवासी जनजातिहरूको विशेषरुपले मनाउँदै आएको ‘माघे सङ्क्रान्ति÷माघे सक्रान्ति÷मकर सङ्क्रान्तिर÷माघी÷म्हिलाङे सोङ्ती÷छार म्हेङ–२०७५ र किरात येले सम्वत–५०७९को उपलक्ष्यमा विविध कार्यक्रम गरी देशभर मनाइएको छ । यस अवसरमा सम्पूर्ण नेपालीजन, समग्र देश र विश्व जगतको सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायू र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त मनाउने चलन छ ।

नेपाल आदिवासी जनजाति महासंघले राष्ट्रिय पर्व माघे सङ्क्रान्तिलाई प्रमुख ऐतिहासिक सांस्कृतिक रुपमा मनाउने मगर, थारु, छन्त्याल, कुमाललगायतका सम्पूर्ण समुदायहरू र किरात येले सम्वत्लाई मनाउने सम्पूर्ण किराती समुदायका बाबाआमा, दाजुभाइ तथा दिदिबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायू र उत्तरोत्तर प्रगतिको कामनासहित हार्दिक शुभकामना व्यक्त गरेको छ ।

बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, धर्म्निरपेक्ष, समावेशी, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको मूल मर्म र भावनाअनुरुप देशको बहुलता र विविधितायुक्त विशेषतालाई सैद्धान्तिक र व्यवहारिक रुपले आत्मसात गर्दै सबै वर्ण, धर्म, नश्ल, जातजातिका संस्कृति, चाडपर्व, धार्मिक रीतिरिवाजहरूलाई राज्य सरकारले सम्मान गर्नुपर्नेमा आदिवासी जनजातिको सभ्यता, इतिहास, पहिचान र स्वाभिमानसँग जोडिएका राष्ट्रिय पर्वहरूः माघे सङ्क्रान्ति÷माघी, उधौली, उभौली, तमू ल्होसार, सोनाम ल्होसार, ग्याल्पो ल्होसार लगायतको नाममा दिइएको राष्ट्रिय बिदा खारेज गरेर वर्तमान राज्य सरकार एकल सांस्कृतिक जातिवादी रुपले अघि बढिरहेको महासंघले आरोप लगाएको छ ।

०६२÷६३ को राजनीतिक परिवर्तनपश्चात् आदिवासी जनजातिहरूले प्राप्त गरेको नेपालको राष्ट्रिय पर्वहरू यस सरकारले सार्बजनिक बिदा खारेजी गरेकोप्रति खेद प्रकट गर्दै राष्ट्रिय पर्वहरू यथावत कायम राख्न तथा पुनस्र्था्पित गर्न नेपाल सरकारलाई यस माघे सङ्क्रान्तिको आगमनसँगै महासंघले पुनः जोडदार आग्रह गरको छ ।

प्रदेश नम्बर १ का भने कक्फेक्वा तङ्नाम तथा किरात यले सम्बत् धुमधाम मनाएको छ । लिम्बु विद्यार्थी मञ्च र किरात याक्थुङ चुम्लुङले शुभकामना आदान प्रदान कार्यक्रम गर्दै मनाएको छ ।झापाको दमकमा भएको कार्यक्रममा प्रमखु अथिति प्रदेश सासंद विष्णुमाया तुम्बबाहाङ्फेले १ नम्बर प्रदेशको नाम लिम्बुवान, किरात खम्बुवान राज्नु पर्ने जिकिर गरेकी छिन् । संविधान संसोधन पछि मात्र प्रदेशको नामाङ्कन गर्नु पर्ने बताउँदै उनले अधिकार प्राप्तीका लागि आगनमै आन्दोलन गर्नुपर्ने बताएकी छिन् । ‘संविधान संशोधन अगाडि गर्नुपर्छ, अनि मात्र नामाङ्कन गर्नुपर्छ ।’ उनले भनिन्, ‘अधिकार प्राप्तीको लागि सिंहदरबार जानुपर्दैन । अब हाम्रो आगन विराटनगरमै आन्दोलन गर्नुपर्छ ।’ पहिचान र संघीयताको लडाई व्यक्तिगत कुरा नभएको बताउँदै आन्दोलन लागी सबै तयार हुनुपर्नेमा जोड दिइन् । उनले प्रदेशको नामाङ्कनको लागि कुनै छलफल नभएको बताइन् । 

कार्यक्रममा किरात राई विद्यार्थी संघका उपाध्यक्ष रामचन्द्र राई, चुम्लुङका प्रदेश सदस्यत्रय सेसेहाङ फियाक, इक्सा चेम्जोङ, पूर्व सभाषद विश्वदिप लिङ्देन, मञ्चका पूर्व महासचिव लोकसागर साम्बा, साहित्यकार पुष्प लोवा, फरक आयामका अभियन्ता जितेन मुस्कानलगायतले सम्बोधन गरेका थिए ।

मोरङको पथरीशनिश्चरे, उर्लाबारीमा किरात याक्थुङ चुम्लुङको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम गरी मनाइएको छ ।

सम्बन्धित खवर