ससफोमा पार्टी समायोजन - Sainokhabar
  • शनिबार, जेठ ०१, २०७८

ससफोमा पार्टी समायोजन

साइनो समचारदाता
काठमाडौं । संघीय समाजवादी फोरम नेपाल (ससफो)मा नवीन यादव संयोजक रहेको मधेश क्रान्ति फोरम पार्टी समाहित भएका छन् ।
शनिबार एक कार्यक्रम गरि मधेश क्रान्ति फोरम संयोजक यादव सहित सिंगो पार्टी कमिटि समाहित भएको वताएका छन् । पूर्व सांसद तथा अध्यक्ष सञ्जय साह हत्या आरोपमा जेल परे पछि मधेश क्रान्ति फोरम को नेतृत्व नवीन यादवले सम्हाल्दै आएका थिए । विजयकुमार गच्छदारको तत्कालिन मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट अलग भएर साहले मधेश क्रान्ति फोरम गठन गरेका थिए । सोही नाममा केही समय राजनीति गरेपछि साह राजेन्द्र महतोको सद्भावना पार्टीबाट दोस्रो संविधानसभा चुनावमा भाग लिएका थिए । उनले जनकपुरबाट चुनाव पनि जितेका थिए तर संविधानसभा सदस्य रहेकै बेला हत्याको आरोपमा उनी पक्राउ परेका थिए । उपेन्द्र यादव अहिले वर्तमान सरकारमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हुन् । स्रोत भन्छ,साह लाई उनको मुद्दामा सहयोग गर्ने आश्वासन दिएपछि मात्र नविन यादव आफ्ना पुरै कार्यकर्ताका साथ पार्टीमा प्रवेश गर्ने तयार भएका हुन् ।’ यादवले सञ्जय टकलालाई मुद्दामा के कस्तो सहयोग गर्छन्, त्यो हेर्न बाँकी छ । तर सञ्जयको साथ पाएपछि फोरम नेपाल जनकपुरमा बलियो भएको छ । यदि आउने चुनावमा राजपा र फोरमबीच कुनै प्रकारको तालमेल नभए राजेन्द्र महतोको क्षेत्रमा फोरम बलियो भएको जानकारहरु बताउँछन् । पहिलो संविधानसभा चुनावमा पनि साहले फोरम नेपालबाट नै चुनाव जितेका थिए । तर गच्छदारले फोरम नेपाल टुक्राएर छुट्टै पार्टी गठन गर्दा उनले गच्छदारलाई साथ दिएका थिए।

सम्बन्धित खवर