मृगौला पीडितद्वारा सहयोग गर्न अनुरोध - Sainokhabar
  • शनिबार, बैशाख २५, २०७८

मृगौला पीडितद्वारा सहयोग गर्न अनुरोध


साइनो समचारदाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ३ का दुवै मृगौगा पीडित ३७ वर्षिय समसेर विकले आर्थिक सहयोग गरिदिन हुन अपिल गरेका छन् ।
आइतबार घरमै पत्रकारसँग कुरा गर्दै पीडित विक र उनका दम्पत्ती शान्न्ता विकले सहयोग गर्न सबै स्थानीय व्यक्ति, संघसंस्थाका प्रतिनिधिहरु समझ आग्रह गरेका छन् ।


विराटनगर नोवेल अस्पतालमा उपचारत विक विदेशमै रहदा विरामी परेपछि १ लाख २० हजार बढी खर्चेर स्वदेश फिरेका थिए । नेपाली दाजुभाइहरुले आर्थिक संकलन गरेर ८ चोटी डाइलोसिस गरेको र साथीहरुको सहयोगमा नेपाल आएको समसेरले बताएका छन् । नेपालमा ४ चोटी डायलोसिस गर्दा डेढ लाख खर्च गरिसकेको छन् । साथीभाइ, आफन्तबाट सहयोग गरेर उपचार गरिरहेको सम्सेरले बताएका छन् । साउदी अरबमा उनी ५ वर्ष वसेका थिए । १ महिनाअघि नेपाल फर्केपछि नियमित उपचार गरिरहेका छन् । ५ धुर जग्गाबाहेक अन्य सम्पत्ति छैन । श्रीमती, १५ वर्षका छोरा, १२ वर्षका छोरा रहेको उनको एउटा मृगौलिया फेरेर बाच्न मन छ । ‘म बाच्न चाहान्छु । २०÷२५ लाख मृगौला प्रत्यारोपण गर्न लाग्ने डाक्टरहरुले बताउनुभएको छ ।’ उनले भने, ‘प्लिज सहयोग गर्नुहोस्, एउटा मृगौला फेर्न मन छ ।’ उनका अनुसार हप्तामा २ पटक डायलोसिस गर्नुपर्छ । उनलाई सहयोग गर्न चाहनेहरुले सिद्धार्थ बैंकको खाता नम्बर ००७१७१५४१३४ मा सहयोग गर्न आग्रह गर्न अनुराध गर्दै थप जानकारी लिन ९८०४०१७५६१ मा सम्पर्क गर्न शान्ताले अनुरोध गरेकी छिन् ।

सम्बन्धित खवर