पूर्व काग्रेस सभापति न्यौपानेले किन पार्टी छाडे ? - Sainokhabar
  • सोमबार, बैशाख २७, २०७८

पूर्व काग्रेस सभापति न्यौपानेले किन पार्टी छाडे ?


साइनो समचारदाता
पथरी । मोरङको पथरीशनिश्चरे–२, का नेपाली कांग्रेसका सह संयोजक पूर्व वडा सभापति खडानन्द न्यौपानेलाई स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडा सदस्यको उमेदवारी दिएका थिए । उनले पूर्व सभापति ५ पटक नेतृत्व गरेका थिए । न्यौपानेलाई क्षेत्र नं. ३ का नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा उम्मेदवार दिएका सुनिल शर्मालाई पार्टीलाई टिकट दिएपछि चित बुझाएनन् । पार्टीमा काम नगर्नेलाई अवसर दिएपछि रुष्ट उनी पार्टी परित्याग गरी नेकपा (नेकपा) मा प्रवेश गरेको बताएका छन् । शनिवार पथरी शनिश्चरे मोरङको एक कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले न्यौपाने सहित दर्जन पार्टीमा स्वागत गरेका छन् । उनीसँगै तरुण दलका वडा अध्यक्ष गंगाप्रसाद गिरी, सुरेन मैनाली, खड्गप्रसाद भारती, लालबहादुर सोडरी, धनबहादुर राय, नेत्रप्रसाद सञ्जेल, देवीप्रसाद सञ्जेल र राजेन्द्र गौतम नेकपामा प्रबेश गरेका छन ।

सम्बन्धित खवर