नक्कली तीन धाम नबनाउन माग - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

नक्कली तीन धाम नबनाउन माग

साइनो समचारदाता
पथरी । मोरङको पथरीशनिश्चरेमा बन्न लागेको आदिवासी संग्राहलय निर्माण गर्दा उत्पीडित आदिवासी जनजातिको सांस्कृतिक संरक्षण र विकास हुने गरी बनाउन माग गरेको छ ।
आदिवासी जनजातिको परामर्श, स्वीकृति, सहभागिता र लाभसमेत हुने गरी संग्राहलय बनाउन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाललाई आग्रह गर्दै जवरजस्ती नक्कली तीन धाम बनाउने प्रक्रिया अघि बढे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । शनिवार पथरीशनिश्चरे मोरङमा मन्त्री ढकाललाई भेटर ६ आदिवासी जनजाति सम्बद्ध संस्थाहरुले ज्ञापनपत्रमार्फत् माग गर्दै माग पुरा नभए कानुनी लडाइ लड्ने बताएका छन् । मन्त्री ढकालले स्थानीय सरकारले लेखेर पठाएपछि प्रदेश सरकारले सिफारिस गरेपछि नेपाल सरकारले भुकाधिकार ल्याएपछि प्रतिष्ठान बन्ने बताएका छन् । कानुन मन्त्री भानुक्त ढकालले आदिवासी जनजातिको कला संस्कृति झल्कने गौरबको प्रोजेक्ट पथरीशनिश्चरेमै बन्ने बताएका छन् ।

सम्बन्धित खवर