‘वाइडबडी प्रकरणमा सेरबहादुर देउवाले पनि जिम्मेवारी लिनुपर्छ’: मन्त्री ढकाल - Sainokhabar
  • शनिबार, बैशाख २५, २०७८

‘वाइडबडी प्रकरणमा सेरबहादुर देउवाले पनि जिम्मेवारी लिनुपर्छ’: मन्त्री ढकाल


साइनो समचारदाता
पथरी । वाइडबडी विमानको दोस्रो किस्ता सेरबहादुर देउवा प्रधानमन्त्रीसहित पर्यटन मन्त्री भएको बेला ८ अरब बुझाएकाले नैतिक जिम्मेवारी लिनुपर्ने एक मन्त्रीले बताएका छन् ।
शनिवार पथरीशनिश्चरे मोरङको एक कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले सो कुरा बताएका हुन् । ‘वाहडबडी विमान जीवन बहादुर साही पर्यटन मन्त्री हुदा २५ अरबमा २ वटा विमान किन्ने सम्झौता बमोजिम १ अरब बझाउनु भयो । दोस्रो किस्ता सेरबहादुर देउवा प्रधानमन्त्रीसहित पर्यटन मन्त्री भएको बेला ८ अरब बुझाएको भयो । अन्तिम किस्ता १६ अरब रविन अधिकारी भएको बेला बुझाएको हो ।’ उनले भने, ‘सम्झौता गर्नेले सम्झौता ग¥यो, पर्यटन मन्त्री भएको बेला जीवन बहादुर साही भएको बेला, त्यसपछि २०७४ साल जेठ २४ गते सेरबहादुर देउवा प्रधानमन्त्री पर्यटन नागरिक तथा साँस्कृति मन्त्रालय देउबाको जिम्ममा रहेको थियो । २०७४ साल साउन ११ गते पर्यटन मन्त्री जितेन्द्र देब हुनुभयो । सेरबहादुर देउवाले नैतिक जिम्मेवारी लिनुपर्छ ।’ नेपाली काग्रेस नेतृव्वमा बनेको छानविन उपसमितिले अध्ययन गरेर समितिमा दिने मात्र हो बताउँदै समितिले छलफल गरेर तथ्यको आधारमा नीतिगत कुरा बोल्ने हो, को भ्रष्टचारी हो ? कसले कति भ्रष्टचार ग¥यो? उपसमितिकाो भरमा बहकाउमा नलाग्न कार्यकर्ताहरुलाई अनुरोध गरेका छन् । उनले थपे, ‘अख्यिारले पनि छानविन गर्छ, राज्यले पनि न्यायिक छानविन गर्छ त्यसलाई टेकेर जो कोहीलाई पनि कारबाही हुन्छ । राज्यको १ पैसा पनि दुरुपयोग गर्नेलाई कानुनी कठगरामा उभ्याउछ ।’
असोज २ गतेसम्म मौलिक हक सम्बन्धी कानुन बनाउन लागेको बताउँदै मन्त्री भानुक्त ढकालले १६५ वटा कानुन संसदमा दर्ता गरिएको बताएका छन् । संविधान चिनाउने कानुन बनाउन सरकार लागेको बताउँदै उनले भूमि सम्बन्धी कानुन बनाएर अव्यवस्थित बसोबास, सुकुम्बासी समस्या, द्वैत स्वमित्वको अन्त्य गर्ने गरी बैशाखभित्र हल गर्ने कुरामा जोड दिएका छन् ।

सम्बन्धित खवर