आदिवासी संग्राहलय नबन्दै विरोध सुरु, कार्यदलले के के गर्छ ? (कार्य सूचिसहित) - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

आदिवासी संग्राहलय नबन्दै विरोध सुरु, कार्यदलले के के गर्छ ? (कार्य सूचिसहित)

साइनो समचारदाता
पथरी । चुनाव ताका निक्कै प्रचार गरिएको आदिवासी जनजाति संग्राहलय यतिबेला बन्न अगाबै विरोधको स्वर सुनिन थालिएको छ । प्रदेश सरकारले आदिवासी संग्रहालयलाई सांस्कृतिक ग्राम निर्माणको लागि अवधारणा तयारी कार्य दलको कार्य विवरण २०७५ तयार परेको छ । स्थानीय नेकपा –नेकपा)का नेता चण्डीप्रसाद राईको नेतृत्वमा कार्यदल निर्माण भएपछि पहिलो बैठक पथरीशनिश्चरेको नगरपालिकाको कार्यालयमा बस्यो । सामाजिक विकास मन्त्री जीवन घिमिरेसहित पुस २५ गते बैठक बसेको थियो । बैठक पनि मन्त्री घिमिरेसहितले निर्माण गरिने भनिएको स्थल नगरपालिकाको १० नम्बर वडामा अवलोकन गरेका थिए । संग्राहलय बनाउने भनिएको ठाउँमा ताप्लेजुङ, सुनसरी र खोटाङ्गका प्रख्यात धाम बनाउने प्रदेश १ का सामाजिक बिकास मन्त्री जीवन घिमिरेको अभिव्यक्तिसँगै बिरोधका स्वरहरु गुञ्जयमान हुन थालेका छन । अवलोकनकै क्रममा स्थानीय बासीसहित १० नम्बर वडा अध्यक्ष सागर राईले पनि नगरपालिकाको कार्यालय पहिले बनाउनुपर्ने भन्दै मन्त्रीसहितको जम्बो टोलीसमझ आवाज उठाएका थिए ।


यता ७ स्थानीय सामाजिक संघसस्थाहरुले संग्राहलयबारेमा सामुहिक विमत्ति जनाएका छन् । शुक्रबार पथरीमा पत्रकार सम्मेलन गर्दै आदिवासी जनजातिको नाममा बनाउने भनिएको संग्रहालय झुक्याएर हिन्दूहरुको तीन धाम बनाउने योजना तयार भएपछि आदिवासी जनजातिसम्बद्ध संघसंस्थाहरुले विरोध जनाएका छन् । आदिवासीकै नाममा संग्रहालय नबने भौतिक निर्माण कार्य रोक्ने चेतावनी समेत दिएका छन् ।
संयुक्त विज्ञप्तीमा किरात राई यायोक्खा अध्यक्ष नवीन राई, किरात याक्थुङ चुम्लुङ अध्यक्ष विवेक लिम्बू, तामाङ घेदुङ अध्यक्ष दिलबहादुर तामाङ, तमु छोज धि गुरुङ राष्ट्रिय परिषदका उपाध्यक्ष प्रेम गुरुङ, नेपाल आदिबासी जनजाति महासंघ पथरीशनिश्चरे नगरका अध्यक्ष चन्द्र तामाङ, भुजेल समाज सेवाका रामबहादुर भुजेललगायतको हस्ताक्षर छ ।


पाथिभारा, बराहक्षेत्र, हलेसीको सोही स्थानमा महत्व रहेकोले नक्कली धाम बनाउन आवश्यक नभएको विज्ञप्तीमा उल्लेख छ । पथरीशनिश्चरे नगरपालिका(१० स्थित भुटानी शरणार्थी बसेको क्षेत्रमा प्रदेश सरकारको लगानीमा ‘पाथीभारा, बराहक्षेत्र र हलेसी’ गरी हिन्दूहरुकै तीन धाम बनाउने तयारी भएपछि आदिवासी अगुवाहरूले विरोध गरेका हुन् ।

पाथिभारा, बराहक्षेत्र, हलेसीको सोही स्थानमा महत्व रहेकोले नक्कली धाम बनाउन आवश्यक नभएको विज्ञप्तीमा उल्लेख छ । जनताबाट उठेको कर अनावश्यक रुपमा दुरुपयोग गर्न नहुने र राज्यद्वारा हालसम्म वेवास्था गरिएका उत्पीडित समुदायको लोप हुन लागेको संस्कार, संस्कृति, धर्म परम्पराको संरक्षण तथा विकास हुने गरी आदिवासी संग्राहलय निर्माण हुनुपर्ने उल्लेख छ । ‘अन्तर्रा्ष्ट्रिय श्रम संगठन (आइएलओ) १६९ नेपालको बाध्यकारी कानुन हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यो कानूनमा देशको जुनसुकै स्थालको परियोजना तथा विकास निर्माण हुन लाग्दा स्थानीय आदिवासीहरुसँग छलफल, परामर्श, स्वीकृति लिएर उनीहरुको सहभागिता र त्यस आयोजनाबाट हुने लाभको समेत भागिदार बनाइनुपर्छ ।’ ‘कानूनको बर्खिलाप हुने गरी स्थानीय आदिवासी समुदायलाई जानकारीसम्म नदिइ प्रदेश तथा स्थानीय सरकारले जनताको भावनाविपरित तीन धाम निर्माणको प्रकृयामा अघि बढेकोप्रति हामी खेद ब्यक्त गर्दर्छौ,’ विज्ञप्तीमा भनिएको छ । गैरकानूनी रुपमा जबरजस्ती नक्कली तीन धाम बनाउने प्रकृया नरोकिए कडा आन्दोलनका साथै कानूनी लडाइँ लड्न बाध्य हुने विज्ञप्तीमा उल्लेख छ । गएको संघीय÷प्रदेश तथा स्थानीय निर्वाचनको बेला विभिन्न दलका उमेद्वारहरुले बिशेषतः यही क्षेत्रबाट निर्वा्चित भानुभक्त ढकालले निर्वाचन जित्नका लागि आदिवासी जनजातिहरुको सांस्कृतिक गीत, नृत्य प्रस्तुत गर्नुको साथै आफूले जितेमा आदिवासी जनजातिहरुको संग्राहलय निर्माण गर्ने भन्दै पटकपटक प्रतिबद्धता गरेका थिए । त्यसबेलाको भिडियो रेकर्डसमेत सुरक्षित छ । १ नम्बर प्रदेश सरकारको नीति तथा कार्यक्रममा ‘आदिवासी संग्राहलय’ र १ नम्बर प्रदेश विकास योजनामा समेत ‘जातीय संग्राहलय’ बनाइने उल्लेख भएको जनाएको छ । प्रदेश सभा र सरकारको नीतिको समेत प्रतिकुल हुने गरी नक्कली तीन धामको योजनाप्रति आफूहरुको विरोध रहेको विज्ञप्तीमा उल्लेख छ ।
कार्यक्रममा जनजाति महासंघ पथरीशनिश्चरे नगरका पूर्वअध्यक्ष हेमभक्त तमू, बालकुमार तामाङलगायतको पनि उपस्थिति थियो ।
संग्राहलय कार्यदलका सदस्य मोहन तुम्बापोले नेपालमा राम्रो कामको विरोध गर्ने प्रचलन बढेको भन्दै राम्रो कामको विरोध गर्नुको कुनै तुक नरहेको बताएका छन् ।
कार्यदलले के के गर्छ (कार्य सूचिसहित)
१ सांस्कृतिक ग्राम निर्माणको डीपीआर तयार गर्दा ध्यान पु¥याउनुुपर्ने पक्षहरु सिफारिस गर्ने,
२ सास्कृतिक ग्राम राख्न उपयुक्त हुने बस्तु तथा सामाग्री तयार गर्ने,
३ सास्कृतिक ग्रामको संगठन संरचना तथा कार्य विवरण तयार गर्ने,
४ सास्कृतिक ग्रामको लागि आवश्यक पर्ने जनशक्ति र पूर्वाधारको प्रक्षेपण गर्ने,
५ सास्कृतिक ग्रामको दिगोपनाको उपायहरु सिफारिश गर्ने,
६ सास्कृतिक ग्राम स्थापना पछि समुदायमा पर्ने सकारात्मक प्रभावको प्रक्षेपण गर्ने,
७ सास्कृतिक ग्राम स्थापना पछि आन सक्ने सम्भावित चुनौति र जोखिमको अनुमान गरी अपनाउनुपर्ने सजगताको सिफारिस गर्ने,
८ सास्कृतिक ग्राम हिमाली, पहाडी र तराईको जनजीवन झल्कने ब्लकहरु के कस्ता, कसरी बनाउन उपयुक्त हुन्छ सिफारिस गर्ने,
९ सास्कृतिक ग्राम कृतिम पहाड सहितको पाथीभरा, कृतिम सुरुङसहितको हलेसी, बराहक्षेत्र जस्ता धार्मिक पहिचान झल्कने स्थानहरुको निर्माण र संचालन सम्बन्धमा सिफारिस गर्ने,
१० सास्कृतिक ग्रामलाई पर्यटन सूचना केन्द्रको रुपमा विकास गर्न गरिनुपर्ने संभावित कार्यहरु सिफारिस गर्ने,
११ सास्कृतिक ग्रामलाई महत्वपूर्ण भुमिका खेल्न थप सुझाब समेत । ?
(सामाजिक विकास मन्त्रालयले तयार पारेको कार्यसूचि)

सम्बन्धित खवर