गुट्खा खाँदा मृत्यु - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

गुट्खा खाँदा मृत्यु


साइनो समचारदाता
सुन्दरहरौचा । के तपाईँ गुट्खा खादै हुनुहुन्छ ? यति त्यसो गर्दै हुनुहुन्छ भने तपाईँको ज्यान पनि जान सक्छ । यस्तै घटना भएको छ । मोरङको सुन्दर हरैचा–३ गछियामा गुट्खा खाँदा घाटीमा अड्किएर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय गछिया निवासि ३५ वर्षिय शर्मा नन्द तिम्सिना रहेका छन । सोमबार साँझ खाना खाएरगुट्खा खादाँ घाटीमा अड्किएर तिम्सिनाको ज्यान गएको हो । गुटखा खाएर बिरामी भएका उनलाई उपचारका लागि विपी कोईराला स्वास्थ्य प्रतिष्ठान पुर्याउदा पु¥याउँदै ज्यान गएको हो । घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर