साइनो समचारदाता
पान्थर । किरात याक्थुङ चुम्लुङ पान्थर शाखाले मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य हरिचन्द्र लाओती र फुटवल खेलाडी कर्ण लिम्बूलाई पान्थर चुम्लुङ् हिममा स्वागत तथा सम्मान गरेको छ ।
फिदिम–४, गढी निबासी भाषा तथा संस्कृतिका ज्ञाता आलोती केही समय अघि प्रतिष्ठानको प्राज्ञसभा सदस्यमा मनोनित भएका थिए । । प्राज्ञ लाओतीले प्राज्ञसभा सदस्य हुँदै जिल्लाको प्रतिष्ठा उच्च राखेको तथा घरेलु फुटवलका चर्चित स्ट्राइकर झापा निबासी कर्णले फुटवल खेलको माध्यमबाट समुदायको प्रतिष्ठा उच्च राखेको भन्दै सम्मान गरिएको चुम्लुङ पाँचथर अध्यक्ष नरेन्द्रराज केरुङले बताए । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि चुम्लुङका केन्द्रीय सचिव चन्द्रकुमार आङदेम्बे, लिम्बुवान प्रदेश समिति सदस्य लक्ष्मण लाओती र याक्थुङ प्रज्ञा प्रतिष्ठानका कूलपति राजेन्द्रकुमार जबेगु लगायतले खदा ओढाएर तथा सम्मान–पत्र द्वारा सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै प्राज्ञसभा सदस्य लाओती र फुटवलर लिम्बूले सम्मानका लागि धन्यवाद ब्यक्त गर्दै आ–आफ्नो क्षेत्रबाट समुदाय र सिंगो मुलुकको प्रतिष्ठा उठाउन लागिपर्ने बताएका छन् ।