आर्मी फाल्गुनन्द गोल्ड कपको सेमीफाइनलमा - Sainokhabar
  • आइतबार, असोज १०, २०७८

आर्मी फाल्गुनन्द गोल्ड कपको सेमीफाइनलमा

तस्विर :सन्देश सुब्बा

साइनो समचारदाता
पान्थर । त्रिभुवन आर्मी क्लव सेमीफाइनमा मंगलबार प्रवेश गरेको छ । पान्थरको फिदिममा जारी दशौं रुस्लान फाल्गुनन्द गोल्ड कप फुटवल प्रतियोगिताको ट्राइब्रेकरमा जित निकाले । उस्ले एनएमबी फिदिम स्पोर्टिङ क्लवलाई ४–१ गोलले पराजित ग¥यो । आर्मीको जीतमा गोल किपर विश्वास चौधरी नायक बने । उनले फिदिम स्पोर्टिङको दुई वटा पेनाल्टि सुटलाई रोकेका थिए । खेलको तीसौं मिनेटमा राजिव गुरुङको गोलबाट आर्मीले अग्रता लिएको थियो । पहिलो हाफमा १–० ले पछि रहेको फिदिमलाई खेलमा फर्काउन ६९ औं मिनेटमा सरन बस्नेतले बराबरी गोल फर्काए । लगत्तै ७० औं मिनेटमा फिदिमका लागि विदेश खेलाडि स्टेफनले गोल गर्दै टिमलाई २–१ गोलको अग्रता दिलाए । तर ७२ औं मिनेटमै पुनः राजिवले नै गोल गर्दै आर्मीलाई खेलमा फर्काए ।
खेलको निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय सोझै ट्राइब्रेकरबाट लिइएको थियो । ट्राइब्रेकरमा आर्मीका राजीव गुरुङ, राजेश पौडेल, विश्वास चौधरी र अरिक विष्टले गोल गर्दा फिदिम स्पोर्टिङका लागि प्रवीण जबेगुले मात्र गोल गर्न सफल भए । सरन बस्नेत र ओमप्रकाश घलेको प्रहारलाई गोलकिपर विश्वासले रोकेका थिए । उनी खेलको म्यान अफ् दि म्याच बन्दै नगद दश हजार रुपैंयाँ प्राप्त गरे । अब आर्मीले फाइनल प्रवेशका लागि पुष २६ गते हुने भारतको रोयल फुटवल क्लव दार्जिलिङ र ब्वाइज युनियन क्लवबीच हुने खेलको बिजेतासँग प्रतिश्पर्धा गर्नुपर्नेछ ।

सम्बन्धित खवर