पान्थरको फिदिममा ‘आरोही’ - Sainokhabar
  • आइतबार, असोज १०, २०७८

पान्थरको फिदिममा ‘आरोही’

साइनो समचारदाता
पान्थर । निर्देशक एनबी अञ्जानले निर्देशन गरेको नेपाली कथानक चलचित्र को पुस २७ र २८ गते पान्थरको फिदिममा विशेष प्रदर्शनी हुने भएको छ ।


सोमबार फिदिमस्थित कवि कुनामा आयोजित पत्रकार सम्मेलनमा चलचित्र निर्माण युनिटले छाब्दी बराही चलचित्र मन्दिरमा चलचित्रको बिशेष प्रदर्शनी गरिने बताएको हो । पाँचथरे युवाहरु शंकर आत्मा, राजन खतिवडा, संगम खनाल, नवीन ढुंगेल, मविन्द्र योङया, हरी सुवेदीलगायतले निर्माण गरेको चलचित्रमा चलचित्रमा प्रेम, रोमान्स, कमेडी, एक्सन र नृत्यको फ्युजन रहेको निर्देशक अञ्जानले बताए । काठमाण्डौं, पोखरा, दोलखा र झापाको विभिन्न रमणीयस्थलहरुमा छायाङ्कन गरिएको चलचित्रमा प्रज्वल गिरी, सोनिया केसी, लय संग्रौला, रेशम फिरिरि लगायतको अभिनय रहेको छ । कथा र निर्माण पनि उनैको छ । चलचित्रमा मदन काश्यप घिमिरेको छायाङ्कन, टंक बुढाथोकी र ओम सुनारको संगीत, चन्द्र पन्तको द्धन्द, शंकर बिसिको नृत्य रहेको छ । ७० लाख लागतमा निर्मित चलचित्रको प्रदर्शन मिति केही दिनमै सार्बजनिक गरिने पनि निर्माण युनिटले जनाएको छ । सोही अवशरमा एनबी अञ्जानको शब्द, संगीत र स्वर रहेको ‘मिक्लाजुङको झुल्के घाम …’ बोलको पाँचथर जिल्लाको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने उद्देश्यले बनाइएको गीतको अडियो समेत सार्बजनिक गरिएको थियो ।

सम्बन्धित खवर