जग्गा किर्ते गर्ने न्यायिक समिति सदस्य पद मुक्त, वडासचिव कारबाहीमा - Sainokhabar
  • शुक्रबार, असोज ०१, २०७८

जग्गा किर्ते गर्ने न्यायिक समिति सदस्य पद मुक्त, वडासचिव कारबाहीमा

पथरी / धेरै बिबाद हुदै आएको पथरीशनिश्चरे नगरपालिकाको न्यायीक समिती सदस्य दुर्गा सिटौलालाई न्यायीक समितीले पदबाट हटाएको छ । न्यायीक समितीले गरेको कावाहीले नगरबासीमा न्यायीक समितीमा न्यायको साहानुभुती महसुस भएको छ ।

कीर्ते गरेर जग्गा किनेको आरोपमा पथरीशनिश्चरे नगरपालिकाको न्यायिक समितिले सदस्य सिटौला र वडा नं. ३ का वडा सचिव कमल भट्टराईलाई कावाहिको प्रकृया समेत अगाडी बढेको छ । नगरको न्यायलमा जनताको न्याय सम्पादन गर्न सदस्यमा नियुक्ती भएका दुर्गा सिटौलाको सदस्य पद फुस्केको हो । सिटौला एमालेबाट वडा नम्बर १, का वडा सदस्यमा निर्वाचित जनप्रतिनिधि हुन् । न्यायपालिका सदस्य दुर्गा सिटौला र वडा नं. ३ का वडासचिव कमल भट्टराईको मिलेमतोमा वडा नम्बर २, मा रहेको द्रुपदा गजुरेलको कित्ता नम्बर ५१० र १४१ को साढे १० कट्ठा जग्गा किर्ने गरी दुवैजनाले किने पछि विवाद आएको थियो । न्यायीक समितिका सदस्य सिटौला र वडा सचिव भट्टराईलेले कानुनलाई झुकाएर आफ्ना श्रीमती कमला देवि सिटौला र गंगादेवी भट्टराई नाममा जग्गा पास गराएको थियो भने अर्का एक महिला चन्द्रमाया विश्वकर्माको नाममा पनि जग्गा पास गरी तीन जनाले किनेका थिए । वडा नं. २ को जग्गा ३ को भन्दै सबै कागज पत्र पुर्याएई आएकोले आफुले सिफारीस गरेको तर पछि बुझ्दा आफूलाई फसाईएको वडा ३ का वडाध्यक्ष डम्बर बहादुर चेम्जोङले बताए । वडा नं. २ को जग्गालाई वडा नं. ३ मा सिफारीस गरी जग्गा बेचविखन भएको र आफ्नो आमालाई ललाई फकाई गरी जग्गा बेचेको भनि न्यायिक समितिमा उजुरी आएपछि किर्ते जग्गाको खरिदविक्रि सार्वजानीक भएको थियो । वडासचिव भट्टराईलाई पनि कारबाहीको प्रकृया अघि बढेकोेले उनलाई पनि कारबाही गरीने उपमेयर यामुना विष्ट बास्तोलाले बताइन् । यता बिबाद आए लगतै समितीका सदस्य सिटौलाले भने पदबाट राजिनामा दिएर आफु पन्छीन होजेका छन । गजुरेलको परिवारमा २०५० सालमा अंशवण्डा भएको थियो । विवाहित जेष्ठा छोरा १५ कट्ठा, अविवाहित कान्छा छोरा १७ कट्ठा र आमाबुबाको जिउनी भाग १२ कट्ठा १० धुर गरेर छुट्याएका थिए । आमा द्रुपदा छोरा हरि र छोरी पबित्राले अभद्र ब्यावहार गरेको भन्दै कान्छी छोरी ज्वाईकोमा बस्दै आएकी थिन । ससुराको मृत्युको काम र सासु आमा बिरामी हुँदा सवै खर्च ज्वाई यदुनाथ वाग्लेले खर्च गरेका थिए । आमा र बाबुको जिउनी १२ कठ्ठा जग्गाको विषयमा आमा द्रुपदा गजुरेल र छोरा हरि प्रसाद गजुरेल र ज्वाइँ यदुनाथ वाग्ले विच बिबाद भएपछि भाद्र ८ गते पथरीशनिश्चरे नगरपािलकाको न्यायीक समितीले छलफल गरी ४ कठ्ठ १० धुर जग्गा बेच्ने सहमती भएकोे वटा सदस्य अग्नी गुरुङले बताए । तर बिहान ११ बजेको छलफलको बेलुकी ३ बजे समितीका सदस्य सिटौलाले घर भएको ढेड कट्ठा जग्गा बाहेक अरु बेच्न सक्ने कागज बनाएर निर्णय गरेको र आफुलाई पढेर नसुनाई सहि छाप गर्न लगाएको छोरा हरि प्रसाद गजुरेलको भनाई छ । यता छलफलमा न्यायपालिका न्यायीक समित संयोजक यमुना विष्ट वास्तोलाले न्यायपालिको कुनै गल्ती नभएको तर काम गर्नेहरुले गलत काम गरेकोले उनिहरुले कारबाही हुनु पर्ने बताए ।

सम्बन्धित खवर