प्रथम बुधवारे गोल्ड कपको उपाधि धरानलाई - Sainokhabar
  • शुक्रबार, फागुन २१, २०७७

प्रथम बुधवारे गोल्ड कपको उपाधि धरानलाई

मोरङको लेटाङ नगरपालिकामा जारी प्रथम बुधवारे गोल्ड कपको उपाधी धरानले चुमेको छ । मंगलबार भएको फाईनल खेलमा डाँगीहाट फुटवल क्लवलाई १–२ गोल अन्तरले पाखा लगाउदै धरान फुटवल क्लवले नगद १ लाख १ हजार मेडल, ट्रफि र प्रमाण पत्र प्राप्त गरेको छ भने डागिहाट फुटवल क्लवले ५१ हजारमा चित्त बुझाएको छ ।

निकै प्रतिस्पदात्मक खेलमा धरानका विटु तामाङले पहिलो हाफको १७ औ मिनेटमा १ गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफको २५ औ मिनेटमा धरानकै मिलन राईले अर्को गोल गर्न सफल भए । मिलन राईले बर्तमान राईको सट पासलाई सदुपयोग गर्दै प्रहार गरेको बल गोलमा परिणत हुदा धरानले २–० को अग्रता बनाएको थियो ।
दर्शकको निकै राम्रो साथ पाएको डागिहाटले उत्कृष्ट प्रदशन गरे पनि स्कोर गर्न भने सकेन डागिहाटका लागि १ मात्र सान्तवना गोल दोस्रो हाफको ३१ औ मिनेटमा निरज वस्नेतले फर्काएका थिए ।


खेल अवधी भर धरानलाई निकै दवावमा राखेको डागीहाटले निकै राम्रा अवसर पाए पनि गोल गर्न बाट चुकेको थियो भने धरानले पाएको मौकाको सदुपयोग गर्दै विजयी बनेको हो ।
प्रतियोगिताकोे बिभिन्न बिधा धरानले हात पार्यो खेलको म्यान अफ दि म्याच मिलन राई, हाई स्कोर र अनुसासित खेलाडी वर्तमान राई,  अनुसासितटिम धरान फुटवल क्लव, उत्कृष्ट गोलकिपर प्रविन लिम्वुले हात पारे भने डागिहाटका खेलाडी अरुण लिम्वु उत्कृष्ट खेलाडी चयन भएका थिए ।
विजेता तथा उप विजेता टिमलाई कार्यक्रमका प्रमुख अथिति लेटाङ नगरपालिकाका प्रमुख शंकर राई र विशिष्ठ अथिति उप प्रमुख कृष्ण कुमारी निरौला पुरस्कार वितरण गर्नु भएको थियो ।

सम्बन्धित खवर