सुविसु क्यान इन्फोटेकमा अफर र छुट जारी - Sainokhabar
  • बिहिबार, बैशाख २३, २०७८

सुविसु क्यान इन्फोटेकमा अफर र छुट जारी


साइनो समचारदाता
विराटनगर । प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगर स्थित जैन भवनमा जारी सुविसु क्यान इन्फोटेक २०१९ मा अवलोकनकर्ताको आकर्षण बढेको छ । इन्फोटेकमा कम्पनीहरुको छुट, अपर र अन्य आकर्षणहरुले पनि अवलोकनकर्तालाई लोभ्याएको छ । आज अन्तिम दिन भएकोले धेरैजनाले सहभागिता जनाउने आयोजकको अपेक्षा छ ।
क्यान महासंघ मोरङ शाखाको मुख्य आयोजना तथा लिभिङ विथ आइसिटीको सहआयोजनामा विहिवारदेखि जारी इन्फोटेकमा सहभागी कम्पनीहरुले विभिन्न अफरहरु दिइरहेका छन । शनिवार कम्पनीहरुले आफ्ना प्रडक्टहरुमा ५० प्रतिशतभन्दा बढि छुट दिएका छन । ल्यापटप, कम्प्युटर, एन्टिभाइरस, प्रिन्टर तथा सिसिटिभी लगायतका प्रडक्टमा कम्पनीहरुले आकर्षक छुट दिएका छन । सुविसुले भयंकर अफर ल्याएर एकदमै सस्तो प्याकेजमा इन्टरनेट दिएको छ । वल्र्डलिंक, म्याक्स तथा कनेक्ट नेपाल आइएसपीहरुले पनि अफर दिएका छन ।
कम्पनीहरुले विभिन्न प्रडक्टको खरिदमा अन्य प्रडक्टहरु निशुल्क उपलब्ध गराइएको छ । सेक्युरिटी डिभाइसहरुको आकर्षण बढेको छ । मानिसहरु प्रडक्ट खरिद गर्नमात्र नभएर बुझ्न र थप ज्ञान लिन पनि अवलोकन गरिरहेको पाइएको छ। यस्ता इभेन्टहरु भइरह्यो भने सचेतना बढ्ने र प्रविधितर्फ सबैको चासो थपिने अवलोकनर्ता बताउछन ।
इन्फोटेकमा पहिलोपटक विभिन्न प्रडक्टहरु सार्वजनिक समेत भएका छन । विन्डोज वान बोर्ड अफिस, योगा बुक र केहि अत्याधुनिक सिसिटिभी क्यामेराहरु इन्फोटेकमा नयाँ प्रडक्टका रुपमा रहेका छन । यसैगरी केहि सफ्टवेयर कम्पनीले नयाँ भर्सनका प्रडक्टहरु सार्वजनिक गरेका छन । पाइन ओभरसिज, नेटवर्क सोलुसन, एलिना इन्फोटेक, चन्द«सफ्ट, सिपी प्लस लगायतका स्टलहरुमा नयाँ प्रडक्टहरु आकर्षणको रुपमा रहेका छन ।

सयभन्दा बढि स्टलहरुमा अन्तिम दिन विभिन्न आकर्षक अफर र छुटहरु जारी रहेको आयोजकले जानकारी दिएको छ । यसैगरी इन्फोटेकमा एक्जिविसन वाहेक अन्य थुप्रै आकर्षणहरु रहेका छन । शनिवार रोबोवारको क्वाटर फाइनल र सेमि फाइनल सम्पन्न भएको छ । कसमस ग्रुप र डिस्ट्रक्सन समुहविच आइतवार रोबोवार फाइनल भएको छ । रोबोवारमा १५ बढि समुहहरुको सहभागिता रहेका थियो । यसैगरी ह्याकाथन पनि सञ्चालन भइरहेको आयोजक समितीका अध्यक्ष राजन यादवले जानकारी दिए । आज अन्मि दिन सबै प्रतियोगिताहरुको फाइनल नतिजा आउने आयोजकले बताएको छ ।
विद्यार्थीहरुले बनाएका स्मार्ट सिटी मोडलिङहरु पनि कार्यक्रममा प्रस्तुत भएका छन । भिडियो प्रतिस्प्रधा लगायतका अन्य थुप्रै कार्यक्रमहरु भइरहेको छ । ७ वर्षपछि विराटनगरमा भएको इन्फोटेकले फेरि एकपटक मानिसलाई थप चासो र उत्साह थप्दै विराटनगरको सुविसु क्यान इन्फोटेक आज समापन हुदैछ ।

सम्बन्धित खवर