‘भष्ट्रचारी र देशको पैसा लुट्नेलाई नछोड्ने’ देउवा - Sainokhabar
  • बुधबार, फागुन १९, २०७७

‘भष्ट्रचारी र देशको पैसा लुट्नेलाई नछोड्ने’ देउवा

साइनो समचारदाता
लेटाङ । जहाज प्रकरणमा मुछिएका ब्यक्तिहरुलाई सरकारले जोगाउन खोजेको नेपाली काङ्ग्रेसका सभापति सेरबहादुर देउबाले बताएका छन् ।

नेपाल राष्ट्रिय मगर संघ लेटाङको प्रशिक्षण कार्यक्रममा बोल्दै देउबाले जहाज खरिद प्रकरणमा मुछिएका भष्ट्रचारीलाई लुकाउन बिभिन्न समिति खडा गरेको आरोप लगाए । ओली सरकार नेपालीको जीवनस्तरमा कर माथि कर लादेर कर प्रसाद ओली ट्याग भिरेको भन्दै व्यङ्य प्रहार गरेका छन् । उद्योगी ब्यवसायीलाई दुख दिएर शान्ति सुरक्षामा खलल पुर्याएको बताउँदै काङ्ग्रेसले भष्ट्रचारी र देशको पैसा लुट्नेलाई नछोड्ने बताए । कार्यक्रममा निर्दोष बालिका निर्मला पन्तको हत्यारा र बलत्कारीलाई जोगाउन खोजेको आरोप लगाउँदै त्यसको बिरोधमा काङ्ग्रेसले नेपाल भर आन्दोलन गर्न चेतावनी दिएका छन । बक्ताहरुले ओलीको सरकार आए पछि देशमा हत्या, हिंसा, कर वृद्घि र बलत्कार मात्र वृद्धि भएको बताएका छन ।

 

कार्यक्रममा नेपाली काङ्ग्रेसको प्रबक्ता विश्व प्रकाश शर्माले ओली सरकारले गरेको ९ महिने कमी कमजोरीको चर्काे आलोचना गरेका छन् । शर्माले ओलीले आफ्नो गृह नगरमा भएका हत्या प्रकरणदेखि सुन कान्डसम्मका घट्ना बेवास्था गरेको आरोप लगाएका छन् । काङ्ग्रेस चुनावमा गणितीय हिसावमा हारे पनि लोकतान्त्रिक पद्धतिमा जितेको बताए । शर्माले शान्ति शुरक्षाको अवस्था जिर्ण, महंगी, बलत्कार, भष्ट्रचारी जोगाउ अभियानमा लागेको बताए । यो सरकारले १ नं. प्रदेशको पहिचान हाल सम्म पनि निर्धारण नगरी प्रदेशको पहिचान र नामाड्करण गर्न नसकेको प्रति असन्तुस्टी ब्याक्त गरे ।

 

नेपाल राष्ट्रिय मगर संघको आयोजनामा भएको २ दिने प्रशिक्षण कार्यक्रममा संसद डा. डिला संग्रौला, मिलेन्द्र रिजाल, डा. शेखर कोइराला, जिल्ला अध्यक्ष डिग बहादुर लिम्बुलगायतले सम्बोधन गरेका थिए ।

सम्बन्धित खवर