नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० प्रदेश १ को इलामको माङसुबङमा पुस १७ गत सम्पन्न प्रथम भेलाले जारी गरेको १२ बुँदे माङसेबुङ घोषणापत्र - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० प्रदेश १ को इलामको माङसुबङमा पुस १७ गत सम्पन्न प्रथम भेलाले जारी गरेको १२ बुँदे माङसेबुङ घोषणापत्र

१। श्रमजीबि पत्रकार ऐन तत्काल कार्यान्वयन गरियोस् ।
२। फोनिजले उठाएको समावेशी सञ्चार नीति प्रदेश सरकार र स्थानीय तहहरुबाट तत्काल लागू गरियोस् ।
३। सरकारी र निजी सञ्चार माध्यमहरुमा आदिवासी जनजाति, अल्पसंख्यक, सीमान्तकृत, महिला, दलित, पछाडि पारिएको क्षेत्रलाई अनिवार्य समावेश गरियोस् ।
४। प्रदेश सरकार र स्थानीय तहले बजेट निर्माण गर्दा आदिवासी जनजाति समुदाय लक्षित कार्यक्रमहरु अनिवार्य समावेश गराइयोस् ।
५। १ नम्बर प्रदेशभर समानुपातिक र समावेशी विज्ञापन नीति कार्यान्वयमा ल्याइयोस् ।
६। आदिवासी जनजाति समुदायका भाषा, लिपि, संस्कृतिलाई सम्बर्द्धन र प्रवर्द्धन हुने गरी सञ्चार माध्यमहरुबाट अनिवार्य प्रकाशन र प्रसारण गर्ने नीति निर्माण गरियोस् ।
७। आदिवासी जनजाति समुदायको विषय उठान गर्ने सञ्चार माध्यमहरुलाई लोककल्याणकारी विज्ञापन वितरणमा प्राथमिकता दिइयोस् ।
८। किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र माङसेबुङको आवश्यक प्रचारप्रसार र धार्मिक पर्यटनको विकासमा प्रदेश सरकार र स्थानीय तहहरुबाट विशेष बजेट र कार्यक्रम तयार गरियोस् ।
९। आदिवासी जनजाति पत्रकारहरुलाई नेपाल पत्रकार महासंघमा समानुपातिक प्रतिनिधित्वको आधारमा निर्वाचित हुने व्यवस्था गरियोस् ।
१०। प्रदेश सरकार र स्थानीय तहहरुमा आदिवासी जनजाति समुदायहरुको मातृभाषालाई सरकारी काकाजको भाषाका रूपमा मान्यता प्रदान गरियोस् ।
११। आदिवासी जनजाति समुदायका मौलिक चाडहरुमा सार्वजनिक विदा कायम गर्दै आदिवासी जनजाति समुदायका मातृभाषामा रहेका तर अपभ्रंष भएका ठाउँ विशेषको नामहरु तत्काल सच्याइयोस् ।
१२। धर्मनिरपेक्ष सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मर्म अनुसार आदिवासी जनजाति समुदायहरुको सांस्कृतिक पक्षहरुसँग बाझिने सम्पूर्ण ऐन र कानुनहरु तत्काल संशोधन गरियोस् ।

सम्बन्धित खवर