पथरीशनिश्चरे नगरपालिकामा १ घण्टा चर्काचर्की, भवन बन्ने झिनो आश - Sainokhabar
  • सोमबार, साउन ११, २०७८

पथरीशनिश्चरे नगरपालिकामा १ घण्टा चर्काचर्की, भवन बन्ने झिनो आश

सर्वोच्च अदालतले दिएको आदेशको अवज्ञा गरेको भन्र्दै मोरङको पथरीशनिश्चरे नगरपालिकामा पुर्न बिबादमा आएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालय सर्वोच्च अदालतले तोकेको ठाउमा नबनाएर नगरप्रमुखले जनतालाई अलमलाएको भन्दै नगरबासीहरु पटक पटक डेलिकेसन आउने गरेका छन । नगरपालिका भवन निमार्णको बिषयमा नगर प्रमुखले माथिको बिबाद मिलाएर आउनुस तोकिएकै ठाँउमा बनाउला तर भोलि बिबाद आउनु भएन भन्दै गैएर जिम्मेवारी अभिब्याक्ती दिदै जनतालाई भुमरीमा खराख्दै आएको संर्घस समितीको भनाई छ ।


भवन निमार्णको लागि साविक पथरी र शनिश्चरेले नगरपालिका घोषण भए पछि सिविर क्याम रहेको स्थानमा भवन वनाउने लिखित संझैता गरेका थिए । तर नगर प्रमुख राई भवन सार्न आलटाल गरे पछि संघर्स समितीले पुनाराबेदन अदालत र सर्वोच्च अदालतबाट भवन निमार्ण सिविर क्याम रहेकै स्थानमा बनाउनु पर्ने अदालतको आदेश लिएर आएका छन् ।
यता अदालतले तोकेको शरणार्थी सिविर क्याममा जथा भावि आर सि सि भवन बन्दै गएको, हाल कार्यलय भएकै स्थानमा भवन थप गर्न खोजेको भन्दै संघर्स समिती, नगर प्रमुख, उप प्रमुख बिच निकै चर्का चर्किी भएको थियो ।

नगर प्रमुख राईले भने पुनरावेदन भन्दा पछाडी राज्य पूनःसंरचना आयोगले साविकको नगरपालिका कार्यालयबाटै कामकाज संचालन गर्न भनेको हुँदा नगरको भवन कहाँ बन्ने अन्योलता भएको बताएको छ । अब नगरको भवन कहाँ बनाउने भन्ने टुङ्गो नलागेपछि सम्बन्धित निकायमा यसको निक्र्योल गर्नका लागि पत्रचार गरेको नगरप्रमुख राईले बताउदै आएका छन् ।
तर नगर प्रमुख राईले भने सर्वोच्च अदालतको आदेश उल्ङघन गर्दै हाल कार्यलय बसेकै ठाउमा भवन थप्दै लैजाने योजना बनाएको संघर्स समिती बताउछ । सोहि योजनाबाट आक्रोसीत भएका भवन निमार्ण संघर्ष समितिले बिहिबार नगरप्रमुख दिलिप कुमार राई, उप प्रमुख यमुना विष्ट र प्रमुख प्रशासकीय अधिकृत सूर्य प्रसाद गौतम संग छलफल गरेपछि एउटा निष्कर्षमा पुग्ने सहमति भएको हो ।

छलफलमा सर्वोच्च अदालतले तोकेको स्थानमा भवन निमार्णका लागि नगरपलिकाले पहल गर्ने, एक हप्ता भित्र समिती बनाएर सबै बिबाद टुङगो लगाउन समिती चयन गर्ने र हाल बस्दै आएको कार्यलयमा भवन निमार्ण कार्य रोक्ने सहमली भएको छ ।

सो समितिले नगरले गरेको पत्रचार, राज्य पूनःसंरचना आयोग, पुनरावेदनले गरेको निर्णय र सर्वोच्चले सदर गरेको पुनरावेदनको निर्णयका विषयमा जानकारी लिने तथा अब नगरको भवन कहाँ बन्ने भन्ने विषयमा टुङ्गोमा पु¥याउन सहयोग गर्ने छ ।
पछिल्लो समय निकै चर्चामा रहेको भवन निर्माणको विषय अब भने एउटा टुङ्गोमा पुग्ने आम सर्वसाधारणले आशा गरेका छन् । पटक पटक भएको राजनैतिक सहमति र पुनरावेदन अदालतले समेत गरेको निणर्यको कार्यान्वयन नगरेको भन्दै स्थानीयले पटक पटक आवाज उठाउँदै आएका थिए ।

सम्बन्धित खवर