वडा नम्वर ६ मा कृषि विउ विजन र उपकरण वितरण - Sainokhabar
  • सोमबार, बैशाख २७, २०७८

वडा नम्वर ६ मा कृषि विउ विजन र उपकरण वितरण

मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्वर ६ का किसानहरुलाई लक्षित गरि कृषि विउ विजन प्रदान गरिएको छ । वडा नम्वर ६ ले जनचेतना तरकारी उत्पादन कृषि समुहलाई विउ, स्प्रे र भिटामीन बितरण गरेको छ ।

आर्थिक वर्ष २०७५÷७६ को कृषि योजना अन्र्तगतको वजेटवाट विनियोजित १ लाख १३ हजार ५ सय रुपैया वरावरको २६ घरधुरीका व्यावसायिक कृषिकहरुलाई कृषी खेति गर्न अनुदान स्वरुप सो सेवा उपलव्ध गरेको वडा अध्यक्ष जयबहादुर तामाङले बताउनु भयो । तामाङले आगामी दिनमा पनि कृषकको आर्थिक समृद्घिका लागि विविध कार्यक्रम ल्याउने र भविष्यमा कृषि पाठशाला केन्द« सग समन्वय गरि सो क्षेत्रलाई कृषि जोनका रुपमा विकाश गर्दै लगिने वताए ।

कृषकहरुको आर्थिक समृद्घिमा टेवा पु¥याउने उदे्श्यले वडा नं. ६ ले २० जातिका, बिउ, उक्त समुहलाई ५ ओटा स्प्रे र भिटामीन बितरण गरेको हो । वडाले कृषकहरुको समस्यालाई बुझी कृषी सामाग्री बितरण गरेकोमा कृषकहरु उल्साही भएका छन ।

भिडियो एफ टिभी सुनसरीको पथरीमा कृषक हो ।

सम्बन्धित खवर