नगरस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि पथरीलाई - Sainokhabar
  • शुक्रबार, बैशाख २४, २०७८

नगरस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि पथरीलाई

साइनो समचारदाता
पथरी ।

पथरी । मोरङको पथरी शनिश्चरेमा सम्पन्न प्रथम नगरस्तरीय महिला फुटवल प्रतियोगिताको उपाधि पथरीले जितेका छ ।
बुधबार भएको फाइनल खेलमा प्रतिस्पर्धी कानेपोखरीलाई सुन्यको विरुद्ध १ गोल गर्दै पथरीले उपाधि रक्षा गरेको हो । खेलको १६ औं मिनेटमा पथरी स्पोटिङ क्लवकी मुना मगरले हानेको प्रहारलाई कानेपोखरीकी खेलाडीले रोक्न खोज्दा आत्माघाती गोल भएको थियो । मुनाको गोल नै खेलको निणनायक गोल बन्यो ।


खेलको ओमन अफ द म्याच कानेपोखरीकी रेश्मा राई, भईन भने हाई स्कोर कानेपोखरीकी रमा राई घोषित भईन त्यस्तै पथरीकी पबिना राई राइजिङ प्लेयर र अनिता मगर ओमन अफ द सिरिज घोषित भईन ।
विजयी पथरीले २५ हजार नगर, शिल्ड, मेडल, प्रमाण पत्र र उपविजेता कानेपोखरील्े १५ नगद, शिल्ड, मेडल, प्रमाण पत्र प्राप्त गरेका थिए । विजेतालाई नगरपालिकाका प्रमुख दिलिपकुमार राई पुरस्कार वितरण गरेका थिए । पथरी बहुमुखी क्याम्पसमा रहेको अनरेरास्वविय र अनिरास्ववियु क्रान्तिकारीले पथरीशनिश्चरे नगर खेलकुद विकास समिति र राष्ट्रिय खेलकुद परिषद् सहयोगमा प्रतियोगिताको आयोजना गरेको हो ।


पथरीले सुन्दरहरौचालाई तथा कानेपोखरीले लेटाङलाई पराजित गर्दै अन्तिम दुईमा स्थान पक्का गरेका थिए । पथरी बहुमुखी क्याम्पसमा रहेको अनरेरास्वविय र अनिरास्ववियु क्रान्तिकारीले पथरीशनिश्चरे नगर खेलकुद विकास समिति र राष्ट्रिय खेलकुद परिषद् सहयोगमा प्रतियोगिताको आयोजना गरेको हो ।
यसैबीच आयोजकले राष्ट्रिय फुडबल टिमका स्थानीय महिला खेलाडीद्वय दीपा न्यौपाने र सरु लिम्बुलाई सम्मान समेत गरको छ ।

सम्बन्धित खवर