‘फोनिज र समावेशी मिडिया’ सम्बन्धी अन्तरक्रिया - Sainokhabar
  • आइतबार, बैशाख २६, २०७८

‘फोनिज र समावेशी मिडिया’ सम्बन्धी अन्तरक्रिया

साइनो समचारदाता
इलाम । नेपाल आदिवासी जनजाति पत्रकार महासंघले ‘फोनिज र समावेशी मिडिया’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ ।

मंगलबार इलमको माङ्सेबुङमा जनप्रतिनिधि, राजनीतिक दल र स्थानीय संघसंस्थाहरुको सहभागितामा अन्तरक्रिया गरिएको हो । अन्तरक्रियामा फोनिजको स्थापना, फोनिजले गर्दै आएको गतिविधि, फोनिज र स्थानीय सरकारबीचको सम्बन्ध लगायतका विषयमा फोनिजका संघीय समिति सदस्य कमन देवानले जानकारी दिएका थिए ।
प्रदेश इन्चार्ज दिपीन राईको अध्यक्षता र संघीय समिति सचिव कमन देवानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा माङसेबुङ गाउँपालिका उपाध्यक्ष सुनिता सुब्बा, माङसेबुङ ५ का वडा अध्यक्ष नरेन्द्रकुमार राई, संघीय समाजवादी फोरम माङसुबङ गाउँपालिका संयोजक किसान खजुम, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मंचका अध्यक्ष साम्जिरी शेर्मा, प्रस्तावित आत्मानन्द सेइङ बहुमुखी क्याम्पस इलामका क्याम्पस प्रमुख होमबहादुर लिङदेन, सहायक क्याम्पस प्रमुख आङबुहाङ अबोध अविरल चुरे संरक्षण अनुसन्धान केन्द्र माङसेबुङका अध्यक्ष नन्दकुमार नेम्बाङलगायतले मन्तव्य राखेका थिए ।

सम्बन्धित खवर