फोनिज १ प्रदेश संयोजक राई - Sainokhabar
  • बिहिबार, फागुन १३, २०७७

फोनिज १ प्रदेश संयोजक राई


साइनो समचारदाता
इलाम । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ को संयोजकमा दिपिन राई चयन भएका छन् । मंगलबार भएको फोनिजको प्रथम ऐतिहासिक प्रादेशिक भेलाले फोनिजको प्रदेश इञ्चार्ज समेत रहेका राईलाई संयोजकको जिम्मेवारी दिएको हो ।
माङसेबुङ गाउँपालिका ५ स्थित रेडियो माङसेबुङको सभा हलमा भएको भेलाले१५ सदस्यीय प्रादेशिक तदर्थ समिति गठन गरेको छ । समितिका सदस्यहरु सबै जिल्लाका अध्यक्षहरु रहेका छन् । सदस्यहरुमा राम योङहाङ (इलाम), नेम्वाङ (झापा), गणेश साम्पाङ (पाँचथर), दिनेश लिङ्खिम (ताप्लेजुङ), दिनेश सुब्बा (मोरङ), धिरेन्द्र चौधरी (सुनसरी), सन्तवीर लामा (धनकुटा), टिआर सेनेहाङ (तेह्रथुम), राजन राई (भोजपुर), शुभराज राई (उदयपुर), कुम्भराज राई (ओखलढुङ्ग), नवीन गुरुङ (संखुवासभा) लगायत रहेका छन् । कार्यक्रमका सहभागी विभिन्न जिल्लाबाट माङसेबुङ पुगेका आदिवासी पत्रकारहरुलाई रेडियो माङसेबुङले स्वागत र सम्मान गरेको छ । उनीहरुले खदा र फूलमालासहित स्वागत गरेका थिए । फोनिजको प्रादेशिक तदर्थ समिति गठन गर्ने प्रयोजनार्थ आयोजित प्रादेशिक भेला सम्बन्धी कार्यविधि–२०७५ बमोजिम प्रदेश इन्चार्जको संयोजकत्वमा प्रादेशिक तदर्थ समिति गठन भएको हो ।

सो निर्णय संघीय समितिको बैठकले अनुमोदन गर्नेछ । अनुमोदन भएको मितिलाई नै प्रादेशिक तदर्थ समिति गठन भएको मिति मानिनेछ । सोही बमोजिम प्रदेशहरुले आफ्नो स्थापना दिवस मनाउनेछन् । तदर्थ समिति गठनको निर्णय संघीय समितिबाट स्वीकृत हुनासाथ प्रदेश तदर्थ समितिहरु प्रादेशिक महाधिवेशनको तयारीमा लाग्नेछन् । प्रदेश भेलाको निर्णय संघीय समितिको बैठकले अनुमोदन गर्नेछ । अनुमोदन भएको मितिलाई नै प्रादेशिक तदर्थ समिति गठन भएको मिति मानिनेछ । सोही बमोजिम प्रदेशहरुले आफ्नो स्थापना दिवस मनाउनेछन् ।

तदर्थ समिति गठनको निर्णय संघीय समितिबाट स्वीकृत हुनासाथ प्रदेश तदर्थ समितिहरु प्रादेशिक महाधिवेशनको तयारीमा लाग्नेछन् । तदर्थ समिति गठन भएको तीन महिनाभित्र प्रादेशिक महाधिवेशन गरिसक्नुपर्ने छ ।

सम्बन्धित खवर