इमानसिं पुररस्कार कृति ‘थप्परा’ र ‘तङ्अम्भुङ्’ लाई - Sainokhabar
  • शुक्रबार, फागुन २१, २०७७

इमानसिं पुररस्कार कृति ‘थप्परा’ र ‘तङ्अम्भुङ्’ लाई


साइनो समचारदाता
पथरी । नेपालकै पहिलो इतिहासकार इमानसिं चेम्जोङको ११६ औ जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरी मनाएको छ ।
लिम्बु विद्यार्थी मञ्च, याक्थुङ युवा मञ्च र किरात याक्थुङ चुम्लुङले ललितपुरको चुम्लुङ हिम्मा ११६ आंै इमानसिंह जन्म जयन्ती तथा इमानसिं चेम्जोङ पुरस्कार वितरण समारोह गरिएको थियो । इमानसिं चेम्जोङ पुरस्कारबाट राधिका हुक्पा चोङबाङ ‘नाम्फुङ’ र पुस्पहाङ लोवा सम्मानीत भएका छन् । कवियत्री ‘नाम्फुङ’को कविता संग्रह ‘थप्परा’ तथा कवि लोवाको कविता संग्रह ‘तङ्अम्भुङ्’ लाई सो पुरस्कार प्रदान गरिएको हो । किरातलोजिस्ट इमानसिङ चेम्जोङ ज्युको ११६ औ जन्मजयन्तिको सन्दर्भमा किरात याक्थुङ चुम्लुङ लिम्बू विद्यार्थी मञ्च याक्थुङ युवा मञ्च को संयुक्त आयोजनामा रेडियो बहस कार्यक्रम काठमाडौमा गोर्खा एफएम, लिम्बुवानको ताप्लेजुङ तमोर एफएम पान्थरको सुम्हात्लुङ एफएम, इलामको माङ्सेबुङ एफएम, तेह्रथुम मेन्छ्यायेम एफएम र सुनसरी धरान दन्तकाली एफएममा साझ ६ः१५ गरिएको थियो । उनले गरेको योगदानको कदर स्वरुप मोरङ पथरी शनिश्चरे, धनकुटाको भेलेटारलगायत स्थानमा प्रतिमा बनाइएको छ ।

बि.सं. १९६१ साल पुस १७ गते (इ. १९०४ जनवरी १) दार्जीलिङ कालिम्पोङ, रिङ्केबुङ मा जन्मिएका इमानसिङ चेम्जोङ अमर ब्यक्तित्व रुपमा कहलिन्छन् । जन्म जयन्तीको अवसरमा विदेशमा पनि विभिन्न कार्यक्रम गरी उनको योगदानको चर्चा गरि मनाइन्छ । लिम्बु विद्यार्थी मञ्च, याक्थुङ यु्वा मञ्च र किरात याक्थुङ चुम्लुङले ललितपुरको चुम्लुङ हिम्मा ११६ आंै इमानसिंह जन्म जयन्ती तथा इमानसिं चेम्जोङ पुरस्कार वितरण समारोह गरी मनाउँदैछ । किरातलोजिस्ट इमानसिङ चेम्जोङ ज्युको ११६ औ जन्मजयन्तिको सन्दर्भमा किरात याक्थुङ चुम्लुङ लिम्बू विद्यार्थी मञ्च याक्थुङ युवा मञ्च को संयुक्त आयोजनामा रेडियो बहस कार्यक्रम पुष १७ गते नै काठमाडौमा गोर्खा एफएम, लिम्बुवानको ताप्लेजुङ तमोर एफएम पान्थरको सुम्हात्लुङ एफएम, इलामको माङ्सेबुङ एफएम, तेह्रथुम मेन्छ्यायेम एफएम र सुनसरी धरान दन्तकाली एफएममा साझ ६ः१५ वजेबाट सुन सकिने आयोजक संस्थाले जनाएको छ । उनले गरेको योगदानको कदर स्वरुप मोरङ पथरी शनिश्चरे, धनकुटाको भेलेटारलगायत स्थानमा प्रतिमा बनाइएको छ ।
बीबएसम्म अध्ययन गरेका उनले याक्थुङ्हाङ चुम्लुङ कालिपोङ, किरात लिम्बु भासा साहित्य उत्थान कार्य समिति, लिम्बुवान सुधार संघलगायत संघहरु खोल्नमा महत्वपूर्ण भुमिका खेले । त्रिभुवन बिश्वविद्यालय किर्तिपुरमा किरात भासा तथा सस्कृति विशेषज्ञको रूपमा काम गरे । उनले लिम्बु नेपाली अङ्ग्रेजी शब्दकोष, किरात इतिहास, किरात साहित्यका इतिहास, किरात बेद, किरात दन्त्यकथा, किरात मुन्धुम खाहुन, पष्चबत जष्कतयचथ ७ अगतिगचभ, किरात दर्शनको साराङ्स, लेप्चा नेपाली अग्रेजी शब्दकोष, किरात ब्याकरण, किरातकालीन बिजयपुरको इतिहास लगायत ऐतिहासिक पुस्तक लेखेका छन । उनी किरात भासा लिपि साहित्य, धर्म र सस्कृतिका विद्वान हुन। देशका पहिलो इतिहास कार हुन । नेपाल सरकारले इ.१९९८ मा चेम्जोङको तस्बिरमा छापी सम्मान गरेको छ । उनको २०३३ सालमा निधन भएको थियो ।

सम्बन्धित खवर