आज देशकै पहिलो इतिहासकार चेम्जोङको जन्मजयन्ती - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

आज देशकै पहिलो इतिहासकार चेम्जोङको जन्मजयन्ती

साइनो समचारदाता
पथरी । नेपालकै पहिलो इतिहासकार इमानसिं चेम्जोङको ११६ औ जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइदैछ ।
बि.सं. १९६१ साल पुस १७ गते (इ. १९०४ जनवरी १) दार्जीलिङ कालिम्पोङ, रिङ्केबुङ मा जन्मिएका इमानसिङ चेम्जोङ अमर ब्यक्तित्व रुपमा कहलिन्छन् । जन्म जयन्तीको अवसरमा विदेशमा पनि विभिन्न कार्यक्रम गरी उनको योगदानको चर्चा गरि मनाइन्छ । लिम्बु विद्यार्थी मञ्च, याक्थुङ यु्वा मञ्च र किरात याक्थुङ चुम्लुङले ललितपुरको चुम्लुङ हिम्मा ११६ आंै इमानसिंह जन्म जयन्ती तथा इमानसिं चेम्जोङ पुरस्कार वितरण समारोह गरी मनाउँदैछ । किरातलोजिस्ट इमानसिङ चेम्जोङ ज्युको ११६ औ जन्मजयन्तिको सन्दर्भमा किरात याक्थुङ चुम्लुङ लिम्बू विद्यार्थी मञ्च याक्थुङ युवा मञ्च को संयुक्त आयोजनामा रेडियो बहस कार्यक्रम पुष १७ गते नै काठमाडौमा गोर्खा एफएम, लिम्बुवानको ताप्लेजुङ तमोर एफएम पान्थरको सुम्हात्लुङ एफएम, इलामको माङ्सेबुङ एफएम, तेह्रथुम मेन्छ्यायेम एफएम र सुनसरी धरान दन्तकाली एफएममा साझ ६ः१५ वजेबाट सुन सकिने आयोजक संस्थाले जनाएको छ । उनले गरेको योगदानको कदर स्वरुप मोरङ पथरी शनिश्चरे, धनकुटाको भेलेटारलगायत स्थानमा प्रतिमा बनाइएको छ ।

मोरङ पथरी शनिश्चरेमा इमानसिं चेम्जोङको प्रतिमा
उनले गरेको योगदानको कदर स्वरुप धनकुटाको भेलेटारमा प्रतिमा

बीबएसम्म अध्ययन गरेका उनले याक्थुङ्हाङ चुम्लुङ कालिपोङ, किरात लिम्बु भासा साहित्य उत्थान कार्य समिति, लिम्बुवान सुधार संघलगायत संघहरु खोल्नमा महत्वपूर्ण भुमिका खेले । त्रिभुवन बिश्वविद्यालय किर्तिपुरमा किरात भासा तथा सस्कृति विशेषज्ञको रूपमा काम गरे । उनले लिम्बु नेपाली अङ्ग्रेजी शब्दकोष, किरात इतिहास, किरात साहित्यका इतिहास, किरात बेद, किरात दन्त्यकथा, किरात मुन्धुम खाहुन, पष्चबत जष्कतयचथ ७ अगतिगचभ, किरात दर्शनको साराङ्स, लेप्चा नेपाली अग्रेजी शब्दकोष, किरात ब्याकरण, किरातकालीन बिजयपुरको इतिहास लगायत ऐतिहासिक पुस्तक लेखेका छन । उनी किरात भासा लिपि साहित्य, धर्म र सस्कृतिका विद्वान हुन। देशका पहिलो इतिहास कार हुन । नेपाल सरकारले इ.१९९८ मा चेम्जोङको तस्बिरमा छापी सम्मान गरेको छ । उनको २०३३ सालमा निधन भएको थियो ।

प्राज्ञ तथा प्राध्यापक अमर तुम्याहाङ ‘इमानसिं चेम्जोङका बहुआयामहरु’ शिर्षकमा लेख्छन्

प्राज्ञ तथा प्राध्यापक अमर तुम्याहाङ

विषय प्रवेश
किरातोलोजिस्ट स्व. इमानसिंह चेम्जोङको ज्ञज्ञण् औँ (यस साल ११६ औँ) जन्मजयन्ती तथा इमानसिंह चेम्जोङ पुरस्कार वितरण समारोहमा प्रस्तुत भएको सम्भाषणीय यस लेखमा मूलतः इमानसिंह चेम्जोङका व्यक्तित्वका विभिन्न आयामहरुबारेमा संक्षेपमा बुँदागत रुपमा प्रकाश पार्ने जमर्काे गरिएको छ ।

प्रसङ्गवश
सन् २०१२ का साहित्य विधाको नोबल पुरस्कार विजेता प्रथम कम्युनिस्ट चिनिया साहित्यकार मो यानले पुरस्कार ग्रहण गरेपछिको आफ्नो सम्मति सम्भाषणमा बोल्नेक्रममा ूबोलेको हावाले उडाउँछ, लेखेको अमर हुन्छू भनेको कुराले लेखन र पतुराइ कुन बढी दीर्घकालीन हुन्छ भन्ने उनको अनुभव अभिव्यक्त गर्दछ । यसरी नै आयामेली साहित्यकार स्व. ईश्वर बल्लभको ूवादविवाद बोलेर होइन लेखेर गरू भन्ने भनाइबाट बोल्नु र लेख्नु कुन बढी चिरस्थायी हुन्छ भन्ने कुरा मुखरित हुन्छ । लिम्बू गाउँघरका मान्यवर लिम्बू बूढाबूढीले भन्ने गरेको ूयुङ्माआङ पाःप्माल्लेÞ हाःत्लेÞआङ मेÞङ्घेÞप्सुन् येÞप्माआङ् पाःप्मेÞल्लेÞ सुरित्तिल्लेÞ पक्सुदेरुू अर्थात बसेर बोल्यो कसैले सुन्दैन, उठेर बोल्यो हावाले उडाउँछ भन्ने भनाइले पनि बोलेको वचन क्षणिक र अस्थायी हुन्छ भन्ने आशय नै अर्थिन्छ । यसको मतलब समाजका केही दूरदर्शी व्यक्ति अथवा अनुभवी व्यक्तिहरुले लेखनको महत्व बुझेका हुन्छन् अनि त्यही बुझाइलाई उनीहरुको जीवनकालमा व्यवहारमा उतारेका हुन्छन् । लिम्बू समुदायमा लेखनको महत्व बुझ्ने यस्तै थोरै व्यक्तिहरुमध्ये एक प्रमुख व्यक्ति हुन्– किरातोलोजिस्ट स्व. इमानसिंह चेम्जोङ । यिनै किरातोलोजिस्ट इमानसिंह चेम्जोङको गुरु मन्त्र थियोः भाषा संस्कृति जातिको पहिचान हो भने इतिहास मुहान हो । हुन पनि उनले आफ्नो सम्पूर्ण जीवन किराती भाषा, संस्कृति र इतिहासको खोजीमा समर्पित गरे । यसर्थ पनि उनी मुलुककै निम्ति एक सम्मानित विभूति हुन् ।

लिम्बू जातिका विभूतिहरु
लिम्बू जातिका विभूतिहरुलाई कालक्रमको आधारमा दुई समूहमा राखेर हेर्न सकिन्छ ।

(क) आदिविभूतिहरुः
मुन्धुम मनीषी येहाङ, मुक्ति–ज्ञानदाता सोधुङ्गेÞन लेÞप्मुहाङ, धार्मिक पथप्रदर्शक माबोहाङ अनि राजनीतिक दर्शन प्रयोक्ता सिरिजङ्गाहाङ लगायतका लिम्बू सभ्याताका पथप्रदर्शकहरुलाई आदिविभूतिका रुपमा लिन सकिन्छ । यिनैले दिएका जीवन दर्शन, धर्म, संस्कृति, कला, शिक्षाले लिम्बू समाजको विसद् सभ्यताको प्रस्तापन सम्भव भयो ।

(ख) आधुनिककालीन विभूतिहरुः
त्येÞअङ्सी सिरिजङ्गा (सन् १७०४—१७४१), फाल्गुनन्द (वि.सं. १९४२–२००५) र इमानसिंह चेम्जोङ (सन् १९०४ जनवरी १ – १९७६ अक्टोबर ८), गोर्खालीहरु विरुद्धको युद्धमा लिम्बुवानका सेनाहरुको नेतृत्व गरेका सेनापति काङ्सोरे आदि आधुनिककालीन लिम्बू विभूतिहरु हुन् ।

इमानसिंहको जन्म सन् १९०४ जनवरी १ मा कालेबुङमा पिता मेघवरसिंह र माता दावापुहाङ्माको छैटौँ अर्थात जन्तरे छोराको रुपमा भएको थियो । उनले कालेबुङकै स्थानीय स्कुलबाट म्याट्रीकुलेसन र कलकताको सेन्टजेभियर कलेजबाट आई. ए. उतीर्ण गरे ।

उनलाई पढाउने क्रममा ूकिरातीहरु जङ्गली हुन्छन्ू भनी शिक्षकले प्रयोग गरेको वाक्यांशले उनको हृदयमा ठूलो चोट पुर्यायो र उनी किरातीहरुको इतिहास र सभ्यता खोजीमा अविश्रान्त लाग्ने अठोट गरे ।

किरातोलोजिस्ट इमानसिंह चेम्जोङले अध्ययन तथा खोजीकर्ता र केही हदसम्म जागिजरेका रुपमा कालेबुङ, सिक्किम, लिम्बुवान र काठमाडौँमा आफ्नो समय व्यतीत गरेका थिए ।

आजीवन आफू र आफ्नो पारिवारिक हित, सुख र यशलाई तिलाञ्जली दिएर सदासर्वदा सजातीय तथा मुलुकको हितमा समर्पित स्व. इमानसिंह चेम्जोङको टडकारो व्यक्तित्वका आयामहरु निम्नअनुसरा खुट्याउन सकिन्छ ।

१। गुरुका रुपमा इमानसिंह
सुयोसी तोबा सम्झन्छन्, ूइमानसिंह चेम्जोङ र मेरो सम्बन्ध गुरु र शिष्यका रुपमा लामो समयसम्म रहयोू (२०६१ः १०४) । हुन पनि उनको समयमा इमानसिंह चेम्जोङलाई अगुवाको रुपमा या एउटा शिक्षकका रुपमा मात्र होइन गुरुत्वपूर्ण ूगुरुू का रुपमा धेरैले सम्मान गर्ने गरेको पाइन्छ । उनी वास्तवमा केही व्यक्ति वा अध्येताहरुको मात्र गुरु थिएनन् सिङ्गै समाजलाई एउटा सही दिशा दिन सक्ने दूरदर्शी गुरु थिए । यो उनको गुरु व्यक्तित्व सुकेपोखरीको विद्यालयमा हेड मास्टर भएर काम गर्दा आरम्भ भएको थियो भने सिक्किमको गेजिङ र गान्टोकको टासी नाम्ग्याल महाविद्यालयमा पठनपागन गर्दा अनि पान्थरको मेहेलबोटेको श्री जयनारायण आदर्श आधार हाइस्कूलमा पठनपाठन गर्दा अझ झ्याँगिने अवसर पायो । यसरी उनको व्यक्तित्व शिक्षकबाट क्रमशः गुरुका रुपमा विकास भयो ।

२। इतिहासकार
काशीनाथ तमोटका विचारमा इमानसिंह चेम्जोङ इतिहासकारका रुपमा राष्ट्रिय प्रतिभा (२०६१ः३४) हुन् । किरातीकै सन्तानका रुपमा रहेका इमानसिंह चेम्जोङले २,००० वर्ष हाराहारी राज्य गर्ने शासक किरातहरुको इतिहासको खोजी र लेखन गरे र आफूलाई किरात इतिहासका पिताका रुपमा स्थापित गराए । यस प्रकारको खोज तथा अनुसन्धानका क्रममा उनले किरात इतिहास (सन् १९४८र वि.सं. २००५), किरात साहित्यको इतिहास (सन् १९५६रवि.सं. २०१३), किरातकालीन विजयपुरको संक्षिप्त इतिहास (सन् १९७४र वि.सं. २०१३), ज्ष्कतयचथ बलम ऋगचिगचभ या त्जभ प्ष्चबत एभयउभि (सन् १९६७र वि.सं. २०२४) आदि गहन पुस्तकहरु प्रकाशनमा ल्याए । सन् १९३७ बाट आरम्भ भएको नेपालको आधुनिक इतिहास लेखनको परम्पराले लिच्छवीकालसम्म नेपाली इतिहासलाई अध्ययन गरी प्रामाणिक बनाउने काम गरेको थियो भने त्यसअघि रहेको नेपाली इतिहासको अज्ञात कालखण्डलाई इमानसिंह चेम्जोङले उत्खनन् गर्ने ऐतिहासिक काम गरे ।

३। मुन्धुमवेता तथा दर्शनशास्त्री
इमानसिंह चेम्जोङको व्यक्तित्वको अर्काे आयाम भनेको मुन्धुमवेता तथा किरातदर्शनशास्त्रका ज्ञाता हुनु हो । उनले किराती मुन्धुमलाई लेख्य परम्परामा ढाले, खस नेपाली र अङ्ग्रेजीमा अनुवाद गरी अध्येताहरुसमक्ष सहज पहुँच बनाइदिए । त्यही मुन्धुमलाई सामान्य विषयवस्तुका रुपमा मात्र नहेरी विश्वमा प्रचलित विविध दर्शनहरुमध्ये एक हो भनी स्थापित गर्ने काम पनि उनले गरे । मुन्धुममा रहेका जटिलतम शब्दहरुको सरल व्याख्याको पनि उनीबाटै पहिलो पटक भएको छ । मुन्धुम संस्कारका क्रममा पतुरने भाषा मात्र होइन यो त गम्भीर भाष्य सहितको दर्शन हो भनी उनले पहिचान गरे । यसै क्रममा किरात मुन्धुम (वेद) (सन् १९६१र वि.सं. २०१८), किरात मुन्धुम खाहुन (सन् १९६५र वि.सं. २०२२), किरात दर्शनको सारांश (सन् १९६९र वि.सं. २०२६) उनका मुन्धुम र दर्शन सम्बन्धी पुस्तकहरु प्रकाशनमा आए ।

४। राजनीतिज्ञ
अहिले मुलुक सङ्घीयताको बहस र यसको अभ्यासका लागि जीवनमरणको सङ्घर्षबाट गुज्रिरहेको छ । यही विषयलाई लिएर मुलुकका राजनीतिक पार्टीहरु फुट, ध्रुवीकरण वा नयाँ पार्टी निर्माणका प्रक्रियाबाट अगाडि गुज्रिरहेका छन् । तर आश्चर्यको विषय के छ भने यस विषयमा इमानसिंह चेम्जोङले यो शदाब्दीका पहिलो दशकमा नै अखिल लिम्बुवान सुधार सङ्घ गठन गरी स्वायत्तता र सङ्घीयताको व्यवहारिक प्रयोगको शिलान्यास गरिसकेका थिए । उनले लिम्बुवान सुधार सङ्घको प्रधानमन्त्री अर्थात महामन्त्रीमा तेजबहादुर प्रसाईँलाई चुनेर समावेशीकरणको पनि राम्रै उदाहरण पेश गरिसकेका थिए । अहिंसात्मक सिद्धान्तका पक्षपाती इमानसिंहको तत्कालीन राजनीतिक प्रयोग, प्रस्थापना, अवधारणालाई हेर्ने हो भने उनी दूरदर्शी राजनीतिज्ञ समेत थिए भन्न सकिन्छ ।

५। किरात छाताभित्र आदिवासी जनजातिको वैचारिक नेतृत्व
नेपाल मुलुकका आदिम बासिन्दाहरु वर्तमान नेपालका आदिवासी जनजातिहरुका रुपमा चिनिन्छन् । तर यो पदावली मूलतः २०४६ सालपछि प्रयोग र प्रचलनमा आएको हो । यसअघि मूलतः नेपालका आदिमवासीहरु किरात भनेर चिनिन्थे । त्यसको अध्ययन, अनुसन्धान र प्रयोग गर्ने काम उनै इमानसिंह चेम्जो¬ङले नेतृत्व गरेका थिए । पछिल्लो समयमा आएर उनको सोही विचार महाकिरातको अवधारणाका रुपमा डा.जर्ज भ्यान्ड्रिम (सन् १९९२) ले अगाडि बढाएका छन् । यसरी तत्कालीन नेपालका सम्पूर्ण आदिवासी जनजातिहरुलाई किराती छाताभित्र वैचारिक नेतृत्व दिने काम उनीबाटै भएको थियो ।

६। इमानसिंह चेम्जोङको अर्काे विराट् व्यक्तित्व भाषा, लिपि, व्याकरण आदिसँग जोडिएको छ । किरात सिरिजङ्गा लिपि, चन्द्रपुलिङ लिपि, रोङ लिपि आदिको विज्ञ क्यालियोग्राफर थिए । यसरी नै उनी लिम्बू, राई वान्तावा, लाप्चा आदि भाषाका मर्मज्ञ भाषा वैज्ञानिक पनि थिए । पुस्तकाकार रुपमा किरात व्याकरण (सन् १९७०÷ वि.सं. २०२७) प्रकाशन गर्ने उनी पहिलो किराती व्यकरणकार हुन् । यसर्थ उनी एक व्यकरणविद पनि हुन् भन्न सकिन्छ । उनले लिम्बू, लाप्चा, राई वान्तावा (अप्रकाशित) को शक्दकोश तयार पराका थिए । यसर्थ उनी आफ्नो समयका कुसल कोशकार पनि थिए भन्न सकिन्छ ।

७। लोक साहित्यकार, संस्कृतिविद अर्थात फोक्लोरिस्ट
इमानसिंह चेम्जोङले दार्जिलिङ, सिक्किम, लिम्बुवान, खम्बुवान आदि ठाउँहरुको पैदल यात्रा गरी विभिन्न लोककथा, लोकगाथा, मुन्धुमहरु, इतिहास, संस्कृतिहरुको खोज र सङ्कलन गर्ने काम गरे । किरात समाजमा रहेका लोककथाहरुको सङ्गालो किराती दन्त्यकथा (सन् १९६५÷२०२१) उनले प्रकाशनमा ल्याएका थिए । किराती संस्कृतिका उनी धरोहर नै हुन् ।

८। अनुसन्धातारअन्वेषक
तत्कालीन इनास (हालको सिनास) मा किरात इतिहास तथा संस्कृतिविदको रुपमा तत्कालीन नेपाल सरकारबाट नियुक्त भई अध्ययन, अनुसन्धान र अन्वेषणमा कार्य गरेका उनी प्रथम किराती अध्येता हुन् ।

यसरी इमानसिंह चेम्जोङको व्यक्तित्व अष्टभुजीय विराट व्यक्तित्वको रुपमा अनुभूत गर्न सकिन्छ । यसर्थ पनि उनी किरातालोजिस्टका उपनामले सम्मानित छन्, समाजमा ।

इमानसिंह चेम्जोङको सम्मानमा स्वदेश तथा विदेशमा गरिएका कार्यहरु

१। नेपाल सरकारले २०५५ सालमा तस्बिर टिकट प्रकाशित गरेको ।

२। नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गत पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित कक्षा १० को नेपाली किताबमा इमानसिंह चेम्जोङको जीवनी छापिएको ।

३। सिक्किम सरकारबाट पश्चिम गेजिङमा इमानसिंह मेमोरियल भवन निर्माणाधीन ।

४। विगत २ दशकदेखि सिक्किममा इमानसिंह जयन्ती मनाइने गरेको छ भने सुक्खिम याक्थुङ साप्लन चुम्भोले हरेक वर्ष इमानसिंह विशिष्ट पुरस्कार र इमानसिंह साहित्यिक पुरस्कार प्रदान गर्ने गरेको छ ।

५। किरात याक्थुङ चुम्लुङ नेपालले वि.सं. २०५४ मा इमानसिंह चेम्जोङ पुरस्कार कोष खडा गरी हरेक २ वर्षमा इमामानसिंह साहित्य पुरस्कार प्रदान गर्दै आएको ।

६। इमानसिंह चेम्जोङको सालिक मोरङ पथरी गा.वि.स. वडा नं. ४ साथै पान्थर घुर्बिसे पञ्चमी बजारमा यस अघि स्थापना गरिसकिएको ।

७। भेडेटार धनकुटामा पूर्ण कदको इमासिंह चेम्जोङको मूर्ति २०१३ जनवरी १ तदनुसार २०६७ पुस १७ गते नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति वैरागी काइँलाको बाहुलीबाट अनावरण ।

८। पान्थरमा इमानसिंह चेम्जोङ प्रतिष्ठान र काठमाडौँमा इमानसिंह चेम्जोङ मेमोरियल फाउन्डेसन स्थापना भई क्रियाशील रहेको ।

९। कवि अमर तुम्याहाङ रचित सोधुङ्गÞेन इमानसिंह चोःत्लुङ (महाकाव्य) २०६० मा विश्वासदीप तिगेला र बानेश्वर नेम्बाङबाट प्रकाशित ।

टुङ्ग्याउनी
विज्ञान प्रविधि, यातायात, स्रोतसाधनको हिसाबले निकै सीमित अवसरहरु भएको बेला इमानसिंह चेम्जोङले गहनतम् कार्यहरु गरेका थिए । उनले दिशाहीन किरात समुदाय तथा आदिवासी जनजातिहरुलाई सही बाटो देखाउने काम गरे । नेपालको इतिहासलाई पूर्णता दिने काममा उनले अतुलनीय योगदान गरे । वास्तवमा किरात समुदाय अर्थात आदिवासी जनजातिहरु अगाडि बढ्नका लागि आफ्नो गन्दव्य बोध गर्न उनले तान्छोप्पा ताराकै रुपमा काम गरे ।

विज्ञान, प्रविधिको यो सुलभ जमानामा हामीले उनले गरेको जस्तो गहन कार्यहरु गर्न सकूँला या नसकूँला, त्यो त पृथक पक्ष हो । हामीले उनले छोडेर गएका ज्ञानका केही अंश मात्रै भए पनि अनुसरण र उनले देखाएको अध्ययनशीलता, आफ्नो पहिचानप्रतिको समर्पण र त्यागको मार्गलाई केही मात्रामा अबलम्बन मात्र गर्न सक्यौँ भने उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।

स्रोतः तान्छोप्पा मासिक, वर्ष १८, अङ्क १, वि.सं. २०६९, माघ

१. इमानसिंह चेम्जोङको क्लासिक तस्बिर ।
२. तत्कालीन श्री ५ को सरकारले १९९८।०६।२६ मा प्रकाशित गरेको इमानसिंह चेम्जोङको तस्बिर अङ्कित हुलाक टिकट ।
३. २०६० मङ्सिरमा प्रकाशित इमानसिंह चम्जोङको जीवनीमा आधारित ूसोधुङगेन इमानसिंह चोत्लुङू महाकाव्य ।

सम्बन्धित खवर