अंग्रेजी नयाँ वर्ष सुरु - Sainokhabar
  • आइतबार, असोज १०, २०७८

अंग्रेजी नयाँ वर्ष सुरु

साइनो समचारदाता
पथरी । मंगलबारबाट इस्वी संवत्को नयाँ वर्ष सन् २०१९ प्रारम्भ भएको छ । नर्या वर्ष विश्वभर आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् ।

इसाइ धर्मका प्रवत्र्तक जिजस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत प्रचलनमा ल्याएका हुन् । येशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ । नयाँ वर्षमा इसाई धर्मावलम्बीहरुले यशुको सम्झना गर्दै अंगुरको रस र रोटी खाने प्रचलन छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शुभकामना सन्देश जारी गर्दै सन् २०१९ मा समृद्ध नेपाल, सुखी नेपालीको महाअभियान अझ दृढतापूर्वक उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

सम्बन्धित खवर