प्रथम नगरस्तरिय महिला फुटवलमा सुन्दरहरौचा सेमिफाईनल प्रबेष - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

प्रथम नगरस्तरिय महिला फुटवलमा सुन्दरहरौचा सेमिफाईनल प्रबेष

प्रथम नगरस्तरिय महिला फुटवल प्रतियोगीको आइतवारको खेलमा सुन्दरहरौचाले सडन डेथमा लेटाङ निलोलाई पराजित गरेको छ । खेलको निर्धारीत समयमा कुनै तर्फबाट गोल हुन नसकेपछि खेल ट्राइवेकरमा धकेलिएको थियो । ट्राइवेकरमा दुवै टिमले ३–३ गोल गरेपछि खेलको टुङ्गो सडन डेथमा पुगको थियो ।


निधारित समयमा दुवै टिमले राम्रा अवसर पाए पनि गोलमा परिणत गर्न सकेन । सुन्दरहरौचाले पाएका ३ वटा राम्रा अवसरलाई लेटाङ्गकी गोलकिपर सनिषा राईले उत्कृष्ट वचाउ गरेकि थिइन ।
ट्राइवेकरमा लेटाङ्ग निलो कि मञ्जु राई, रस्मी राई र पुर्णिमा लिम्वुले गोल गरे भने इन्दिरा लिम्वु र आशा लिम्वुको प्रहार वाहिरीएको थियो । त्यस्तै सुन्दरहरौचाको तर्फबाट लक्ष्मी जोगी, निर्मला चौहान र खुस्मा राईको प्रहार गोलमा परिणत भएपनि मनिषा विष्ट र कोपिला लिम्वुले टिमका लागी गोल गर्न सकेनन् । सडन डेथ प्रहार गर्न आएकी सुन्दरहरौचाकी पवित्रा राइले गोललाई जाली चुमाउदा लेटाङ्गकी अरुणा लिम्वुले भने गोल गर्न चुकेकिथिन । सोमवारको खेल कानेपोखरी र लेटाङ्ग रातो विच हुने खेल छ । खेलको मेन अफ दि म्याच लेटाङ्गकी गोलकिपर सनिषा राई घोषित हुदै नगद १ हजार प्राप्त गरिन ।

प्रतियोगिताको विजेताले २५ हजार नगद ट्रफि र मेडल जित्ने छ भने उपविजेताले १५ हजार नगद र ट्रफि जित्ने आयोजकले जनाएको छ । पथरी वहुमुखी क्याम्पसको अखिल र अखिल क्रान्तिकारी ले फुटवल प्रतियोगिता आयोजना गरेका हुन ।

सम्बन्धित खवर