राखेपलाई झुकाउदै अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी - Sainokhabar
  • सोमबार, बैशाख २७, २०७८

राखेपलाई झुकाउदै अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी

स्ववियूले खेलाउने महिला फुटवलमा उपाध्यक्षको मनोमानी

 

            स्ववियू पथरी बहुमुखीले गर्न लागेको प्रथम महिला फुटवल प्रतियोगीतामा दुई बिध्यार्थी संगठनको नाम राखेर खेलाएको स्ववियू पथरी बहुमुखीले आरोप लगाएको छ । स्ववियू पथरी बहुमुखी क्याम्पस उपाध्यक्ष निता राईले संघठनको मयदा बिपरित अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको संयुक्त आयोजनामा नगरस्तरीय महिला फुटबल प्रतियोगिता गरेको प्रेस बिज्ञप्तीमा उलेख छ । स्ववियू पथरी बहुमुखी क्याम्पसले राईको संयोजकमा महिला फुटवल गराउने निणर्य अनुसार राष्ट्र खेलकुद परिसर र नगरपालिकामा आर्थिक सहयोगको माग गरेको थियो । तर यता सहयोग संकलन पछि उपाध्यक्ष राईले आफ्नो संगठन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको संयोजनमा खेलकुद गराएको स्ववियू अध्यक्ष गोपाल साँवाले बताए । उपाध्यक्ष राईले राखेपबाट ल्याएको रकम एक सेट जर्सि र २ ओटा फुटवलमा सकिएको मैखिक जानकारी दिएकी र स्ववियूलाई नगर खेलकुद परिसरबाट पास भएको पैसा समेत अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले गराउने फुटवमा प्रयोग गरेको अध्यक्ष साँवाको भनाई छ । यता राष्ट्र खेलकुद परिसदमा भने न्यू स्टार क्लवको नाममा सहयोग उठाएको र आफ्नो मातहतको संगठनको नाममा खेल खेलाएको स्ववियू अध्यक्ष सावाले बताए । अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले राखेपमा एउटा क्लवको नाममा सहयोग उठाएको र नगरमा अर्कै सस्थाको नाममा सहयोग उठाउदै आएको छ । यता नगर खेलकुद परिसरका अध्यक्ष मनि लिम्बुले भने नगरमा भएको जुन सुकै खेलकुदमा नगरले सहयोग गर्ने गरेको मा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले खेलाउने फुटवलमा छुट्टै सहयोग गरेको बताए ।

सम्बन्धित खवर