‘संविधान संशोधन हुन्छ’ उपप्रधानमन्त्री यादव - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

‘संविधान संशोधन हुन्छ’ उपप्रधानमन्त्री यादव

साइनो समचारदाता
काठमाडौं । सत्तारुढ संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री उपेन्द्र यादवले वर्तमान संविधानले देश नचल्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनमा यादवल भने,‘यो संविधानले देश चल्दैन, जति चाँडो संविधान संशोधन गर्याे, त्यति चाँडो मुलुकले बाटो पाउँछ ।’ यादवले संविधान संशोधन गराउने समझदारीका आधारमा नै आफूहरु सरकारमा सहभागी भएको स्पष्ट पारे । उनले भने,‘संविधान संशोधन गराउन र मुलुकमा भएका सबैखाले विकृति तथा विसंगतिहरुको अन्त्य गर्ने समझदारीका आधारमा हामी सरकारमा सहभागी भएका हौं ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका अध्यक्ष यादवले संविधान संशोधनका लागि प्रयत्न भइरहेको बताए । उनले भने, ‘संशोधन गराउनको लागि हाम्रो प्रयत्न भैरहेको छ । संविधान संशोधन नभएसम्म मुलुकले स्थिरता पनि पाउँदैन । अहिले मुलुक अलमलिएको छ । मुलुकलाई यो अलमलपनाबाट बाहिर निकालेर अब अगाडि बढाउनुपर्छ । यसको लागि चाडोभन्दा चाडो संशोधन संशोधनको विधेयक अगाडि बढाउनुपर्छ ।’ यादवले संसदको यही चालू हिउँदे अधिवेशनमै संविधान संशोधनको विधेयक दर्ता हुने र पारित पनि हुने विश्वास दिलाए । उनले भने, ‘यदि संशोधन प्रस्ताव दर्ता भएन भने जनतामा सरकारप्रति अविश्वास हुन्छ । जनताको विश्वास गुमेपछि राजनीति काम लाग्दैन ।’
यादवले सरकारले यो दश महिनाको अवधिमा मौलिक हकसम्बन्धी कानुन निर्माण गरेको, जंगबहादुर राणाले बनाएको मुलुकी ऐन प्रतिस्थापन गरेको, केही समयलाई भए पनि राजनीतिक स्थिरता भएको र प्रयास गर्दा अब विकासको लागि आधार तयार भएको लगायत यो सरकारले गरेका राम्रा कामको फेहरिस्त सुनाए ।

सम्बन्धित खवर