चिसाङ साझेदारी वनको तेस्रो साधारण सभा - Sainokhabar
  • शनिबार, कार्तिक ०६, २०७८

चिसाङ साझेदारी वनको तेस्रो साधारण सभा

साइनो समचारदाता
बेलबारी । मोरङको बेलवारीमा बेलवारी चिसाङ साझेदारी वनले आफ्नो तेस्रो साधारण सभा समपन्न गरेको छ । पुर्वीउत्तरी मोरङमा पर्ने साझेदारी वन बेलवारी सेक्टर वन प्रदेशकै कान्छो तथा चौथो साझेदारी वनका रुपमा २०७४ सालमा स्वीकृत भई कार्यान्वयनमा आएको वन हो । वनले आर्थिक वर्ष २०७४÷७५ को असार मसान्त सम्मको कुल सञ्चालनमा आम्दानि तर्फ ९२ हजार ५ सय २० रुपैया र सञ्चालन खर्च ८४ हजार ७ सय २० रुपैयाँ रहेको अर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ ।
४ वटा गाँउपालिका र ३ वटा नगरपालिका रहेको साझेदारीको १ हजार ६ सय ४६.७३ हेक्टर वन क्षेत्र रहेको छ । ३५ हजार ९ सय ९७ घरधुरी समेटिको साझेदारीले २ लाख बढि उपभोक्ताका विचमा मितेरी साईनो गास्दै आएको संयोजक योगेन्द« बहादुर गुरुङले वताएका छन् । कार्यक्रममा बोल्दै प्रमुख अथिती प्रदेश नम्वर १ का उधोग, पर्यटन, वातावरण तथा वन मन्त्रालयका सचिव बद्रि राज ढुङगानाले साझेदारी वनको मुख्य उद्ेश्य नै दुर दराजमा वसोवास गर्ने जनतालाई सहजरुपमा काठ,दाउराको सहज उपलब्धता गराउदै वन जन्य प्राकृतिक स्रोतका विचमा पुलको भुमिका निर्वाह गरेर अघि बढ्न आग्रह गरे भने जिल्ला वनले अघिल्लो आर्थिक वर्षमा ६० लाख अनुदान दिएकोमा चालू आर्थिक बर्षमा ८० लाख अनुदान दिएको घिमिरेले बताए ।
कार्यक्रमको सम्वोधन गर्दै नगर प्रमुख सुवेदीले साझेदारी वन र सामुदायिक वनका विचमा नीतिगत असमझदारी भएको कारण वेल वखत दुवै समूहका विचमा असमझदारीको अवस्था सृजना हुने गरेको भन्दै सोको निराकरणका लागि प्रदेस सरकारलाई गम्भीर भएर समस्याको समाधान खाज्न आग्रह गरे । कार्यक्रमा साझेदारी उपभोक्ता महासघ मोरङ जिल्ला संयोजक तथा पथरीशनिश्चरे साझेदारी वन उपभोक्ता समूहका संयोजक प्रकाश पौडेल, वेतना सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष डम्वर वस्नेत, सेक्टर वन कार्यालय उर्लावारी मंगलवारेका प्रमुख तारणी चौधरीलगायत प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा १० जना जनप्रतिधिहरुलाई साधारण सभाको अवसरमा सम्मान समेत गरिएको छ ।

सम्बन्धित खवर