जयन्तीको अवसरमा सुइटर वितरण - Sainokhabar
  • शुक्रबार, फागुन २१, २०७७

जयन्तीको अवसरमा सुइटर वितरण

साइनो समचारदाता
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका—१ स्थित सुनाखरी माध्यमिक विद्यालयले २५ वर्ष पार गरेको अवसमा रजत जयन्ती मनाइ रहेको छ । विद्यालयले पुस १३ देखि १५ सम्म तीन दिन विद्यार्थी तथा अभिभावकहरुबीच बिबिध कार्यक्रमका साथ रजत जयन्ती मनाइरहेको प्रधानाध्यापक केशव शर्माले बताए । विद्यालयले बिहिबार पत्रकार संमेलनको आयोजना गर्दै अक्षय कोष सार्वजनिक तथा कक्षा १ देखि ५ सम्मका सय जना बिध्याथीलाई स्वेटर वितरण गरेको थियो । विद्यालयको सहयोगका लागि स्थानीय शैक्षिक अभियान्ता प्रदीपकुमार राईको संयोजनमा १५ लाख अक्षकोष स्थापना भएको छ । पत्रकार सम्मेलन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार चाम्लिङ राई, वडा नं. १ का अध्यक्ष बाबुराम लिम्बू, अक्षकोष दाता प्रदिपकुमार राईलगायतले मन्तव्य राखेका थिए । तीन सय विद्यार्थी अध्ययनरत विद्यालयमा १६ जना शिक्षक कर्मचारी रहेको छ ।

सम्बन्धित खवर