बुधवारे गोल्डकप पुस १७ देखि - Sainokhabar
  • आइतबार, बैशाख २६, २०७८

बुधवारे गोल्डकप पुस १७ देखि

साइनो समचारदाता
लेटाङ । मोरङको लेटाङ नगरपालिका वडा २ ले पुस १७ गते प्रथम बुधवारे गोल्डकप फुटवल प्रतियोगिता सञ्चालन हुन भएको छ । एकता स्पोर्ट क्लवको आयोजनामा १ नम्वर प्रदेशका ख्यातीप्राप्त ८ क्लबहरुको सहभागिता रहने आईतवार पत्रकार सम्मेलन गरि जानकारी दिईएको छ । ‘खेल खेलौँ स्वस्थ वनौँ’ भन्ने नाराका साथमा क्लवले पहिलो पटक स्थानीयस्तरमा खेलाडी उत्पादन गर्ने तथा खेलकुद क्षेत्रलाई व्यवसायिक बनाउने उदे्श्यका साथमा पहिलो पटक गोल्ड कपको आयोजना गर्न लागिएको क्लवका अध्यक्ष बाल कुमार श्रेष्ठले जानकारी दिएका छन् । प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ हजार र दोस्रो हुने टिमले नगद ५१ हजार ट्रफि, मेडल र प्रमाण पत्र हात पार्ने आयोजकले जानकारी दिएको छ ।
खेल सञ्चालन गर्नका लागि खेल अवधिभर १५ लाख रुपैयाको अनुमानित खर्च वजेट सार्वजनिक गरेको छ । खेलको प्रायोजक टुर्वोग वियर रहेको छ भने खेलको मुख्य सहयोगीका लेटाङ नगरपालिका र वडा नं. २ ले गरेको छ ।

सम्बन्धित खवर