अर्गानिक खेती तालिम - Sainokhabar
  • बुधबार, कार्तिक १०, २०७८

अर्गानिक खेती तालिम

साइनो समचारदाता
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले कृषकहरुलाई स्वस्थ वालीनाली उत्पादन गर्दै व्यवसायी बन्न प्रोत्साहनका लागि अर्गानिक खेती तथा मल बनाउने ३ दिने तालिम मंगलबार किराती चोकमा सम्पन्न गरेको छ ।

वडा नम्वर २, ३ र ७ का ३० जना कृषकहरुका लागि आयोजित तालिमको समापनका अवसरमा वोल्दै नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले अर्गानिक कृषि प्रणालीमा जोड दिई स्वस्थ्य जीवन वाँच्ने अभियानमा लाग्न सवैलाई आव्हान गरिन् । अर्गानिक कृषिको अभियानका अभियन्ता मुक्ति वरालका साथै संगीता कार्की र सावित्रा कार्कीले तालिमको सहजिकरण गरेका थिए । वडा नम्वर ४, ९ र १० का लागि बुधबारदेखि सो तालिम शनिश्चरेमा सञ्चालन भएको छ ।

सम्बन्धित खवर